माल्दिभ्सका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

माल्दिभ्सका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत भ्रमणमा रहेका माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

उनले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेका अधिकारीहरूले जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीको निमन्त्रणामा माल्दिभ्सका राष्ट्रपति सोलिहको चार दिने भ्रमण सुरु भएको हो ।

मुख्य गरी धेरै क्षेत्रमा सहकार्य गर्ने गरी बनाइएको दीर्घकालीन योजनाहरूको कार्यान्वयनको अवस्था समीक्षा गर्न सोलिहले भारत भ्रमण तय गरेका जनाइएको छ ।

सोलिह नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा माल्दिभ्सका व्यावसायिक प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ । त्यसैले भ्रमणका क्रममा व्यावसायिक विषय पनि उच्च प्राथमिकतामा परेका छन् ।

“छिमेकी मुलुक माल्दिभ्सका राष्ट्रपतिको भारत भ्रमण हुनु आफैँमा सकारात्मक कुरा हो, यसलाई सदुपयोग गर्न आवश्यक छ, दुई पक्षीय हितका लागि आपसी सम्बन्ध बलियो बनाउँदै लैजानु छ,” भारतको विदेश मामिला मन्त्रालयले सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति सोलिहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, विदेश मन्त्री एस जयशंकरलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनले भ्रमणका क्रममा भारतका व्यवसायीहरूसँग लगानी र व्यवसायीका सहकार्यका बारेमा छलफल गर्ने भएका छन् ।  भारत भ्रमणको सिलसिलामा उनी मुम्बई पनि जाने गरी भ्रमण तालिका तय भएको अधिकारीहरूले जनाएका छन् ।

“छिमेकीलाई पहिलो प्राथमिकता” भन्ने भारतको विदेश नीति अनुसार भारतले माल्दिभ्ससँगको सहकार्य बढाउँदै लगेको विदेश मन्त्रालयले जनाएको छ । भारतले माल्दिभ्सलाई मुख्य छिमेकीको रूपमा हेर्दै आएको पनि भारतीय अधिकारीहरूको भनाइ छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ६ : २२ बजे

अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा 

काठमाडौं– आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११