नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र | Khabarhub Khabarhub

नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभक्त जनगणतान्त्रिक मोर्चाले नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सी.पी. गजुरेल नेतृत्वको टोलीले मंगलबार शीतल निवास पुगेर प्रतिनिधिसभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको हो । 

लोभ–लालच, आश्वासन–प्रलोभन, प्रभाव–दबाव र पैसाको चलखेलका आधारमा गैरनेपाली नागरिकले नागरिकता पाउने गरी राष्ट्रहित विपरीत नागरिकतासम्बन्धी विधेयक सदनबाट पारित गरिएको उनीहरूको भनाई छ । राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि प्रस्तुत भएको उक्त विधेयक दक्षिण एसियाका अरु देशहरूको नागरिकता प्राप्तिका प्रबन्ध र प्रावधानसँग पनि कुनै तादाम्यता नरहेको मोर्चाले जनाएको छ । 

मोर्चाले नागरिकता विधेयकमा सर्वपक्षीय सहमति आवश्यक  रहेकोमा जोड दिएको छ । यसबारे व्यापक मात्रामा छलफल र बहस गरी सर्वपक्षीय सहमति कायम गरेर मात्र यसलाई अन्तिम रूप दिनका लागि यो विधेयक संसद्मा नै फिर्ता पठाइयोस् भन्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।  

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : ४५ बजे

एनओसीमा अनियमितताविरुद्ध नेविसंघको चेतावनी

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वैदेशिक अध्ययनका लागि आवश्यक

जनताको भावना नसमेटेको भन्दै सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको

नेपाल-बङ्‌लादेश पर्यटन सहकार्य : बंगालको खाडीदेखि हिमालयसम्मको यात्रा

काठमाडौं – नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा

पशुपतिको व्यंग्यात्मक गीत ‘झोले’ : ओली, देउवा र प्रचण्डकै घानमा राखेर रविलाई पनि टुच्च

काठमाडौं– लोक दोहोरी गायक पशुपति शर्मा कुशल कलाकार हुन् भन्नेमा

निजामती विधेयक संसद्को कार्यसूचीबाट हटाइएकोमा माओवादीको आपत्ति

काठमाडौं– प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय निजामती विधेयक