कक्षा ११ को भर्ना साउन मसान्तसम्म लिइसक्न निर्देशन | Khabarhub Khabarhub

कक्षा ११ को भर्ना साउन मसान्तसम्म लिइसक्न निर्देशन


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यालयहरूले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको छ ।

परीक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक-फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो । छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट वञ्चित भएको गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको हो ।

‘कक्षा–११ को विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय/क्याम्पसहरूले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखी सुचना प्रकाशित भएको हुँदा देशका दुर्गम क्षेत्रका बिद्यार्थीहरुले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको भनी बोर्डमा प्राप्त गुनासाहरूका सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ’ जारी सूचनामा भनिएको छ, ‘यस सम्बन्धमा सम्बन्धित विद्यालयहरूले माध्यमिक शिक्षा परीक्षा –कक्षा (१०)को नतिजा सार्वजनिक भएको न्यूनतम १५ दिनसम्म आवेदन दिन सक्ने गरी भर्ना कार्यक्रम तय गरी २०७९ साल श्रावण मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सबै विद्यालय/क्याम्पसलाई सूचित गरिन्छ ।’

स्थानीय पालिकाहरूले सो बारेमा सहजीकरण गर्न पनि परीक्षा बोर्डले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : १५ बजे

पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक्नेसहित एमालेका आठ निष्कर्ष यस्ता छन् 

काठमाडौं– नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य

बीपीले स्वीकार नगरेको पुष्पलालको त्यो प्रस्ताव…

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल

पर्यटकको आकर्षण बन्दै चौरीखर्क

बागलुङ– रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ– अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको