अमेरिकी सभामुख पेलोसी र ताइवानका राष्ट्रपति इङबीच भेटवार्ता « Khabarhub

अमेरिकी सभामुख पेलोसी र ताइवानका राष्ट्रपति इङबीच भेटवार्ता


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेय – ताइवान भ्रमण गरेकी अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले त्यहाँका राष्ट्रपति साइ इङ वेनसँग भेट गरेकी छन् ।

भेटका क्रममा राष्ट्रपति इङले पेलोसीलाई ‘ताइवानको सबैभन्दा समर्पित साथीमध्ये एक’ भनेर सम्बोधन गरेकी थिइन् । भेटका क्रममा युक्रेनमाथि भएको रुसी हमलाबारे चर्चा भएको थियो ।

राष्ट्रपति वेनले युक्रेनमा रुसी आक्रमणले ताइवान स्ट्रेटको सुरक्षालाई विश्वभरको ध्यान केन्द्रित गरेको बताइन् । ‘लोकतान्त्रिक ताइवानविरुद्धको अतिक्रमणले सम्पूर्ण इन्डो–प्यासिफिकको सुरक्षामा ठूलो प्रभाव पार्नेछ’, उनले भनिन् ।

पेलोसी आज नै ताइवानको संसदमा पुगेकी छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : २० बजे

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

आजको मौसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको