मकवानपुरका विभिन्न सडक अवरुद्ध | Khabarhub Khabarhub

मकवानपुरका विभिन्न सडक अवरुद्ध


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – वर्षाका कारण आएको पहिराले मकवानपुरका विभिन्न स्थानका सडकखण्डमा यातायात अवरुद्ध भएको छ । गए राति वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गए राति आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरी मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको छ । उक्त सडकमा आज अपराह्नसम्ममा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

यस्तै पहिरो जाँदा कान्तिराजपथ पनि अवरुद्ध भएको छ । हेटौँडाबाट ललितपुर हुँदै काठमाडौँ जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ ।

यसैगरी मुग्लिन सडकखण्ड पनि अवरुद्ध भएको छ । विभिन्न स्थानको पहिरो हटाइ हिजो साँझमात्रै सञ्चालनमा ल्याइएको उक्त सडकखण्डमा गए राति फेरि पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । पहिराका कारण मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्व र पश्चिम क्षेत्रबाट काठमाडौँतर्फ जाने दिवासेवाका बसलाई आवश्यकता हेरेर त्रिभुवन राजपथबाट काठमाडौँ जान अनुमति दिइएको छ ।

उक्त राजपथको विभिन्न सडकको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म आवश्यकता हेरेरमात्रै बस त्रिभुवन राजपथबाट सञ्चालन गर्न दिइने बताइएको छ । रात्रिसेवाको बसलाई भने उक्त सडकखण्डबाट सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ११ : ०० बजे

भारतविरुद्ध इंग्ल्यान्डको युवा टोली बलियो अवस्थामा

काठमाडौं – भारतीय यूथ टोलीसँगको दोस्रो टेस्टमा इंग्ल्यान्डको यूथ टोली

पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक्नेसहित एमालेका आठ निष्कर्ष यस्ता छन् 

काठमाडौं– नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य

बीपीले स्वीकार नगरेको पुष्पलालको त्यो प्रस्ताव…

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल

पर्यटकको आकर्षण बन्दै चौरीखर्क

बागलुङ– रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्