अस्पताल जाने सडक नहुँदा बिरामीलाई सास्ती « Khabarhub

अस्पताल जाने सडक नहुँदा बिरामीलाई सास्ती


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्या हुँदै आएको छ ।  सडकको पहुँच नभएपछि भेरी नदीको पारी पट्टी नै एम्बुलेन्स रोकेर स्टेचरमा बिरामी राखेर बिरामी लिनुपर्ने बाध्यता रहेको छ । पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घण्टा समय खर्चनु पर्ने बाध्यता छ ।

अहिले प्रयोग भइरहेको बाटो घुमाउरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको छ। सदरमुकामस्थित लामालोटे या कालिका मन्दिर आसपासबाट बेलिब्रिज बनाएर बिरामी बोकेको एम्बुलेन्स सीधै अस्पतालसम्म पुर्‍याउन सकिने भए पनि पुल निर्माणका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएको अस्पताल र स्थानीयको गुनासो छ।

बजारको झोलुङ्गे पुलसम्म मात्र मोटर बाटो भएकाले त्यहाँसम्म मात्र एम्बुलेन्सले बिरामी ल्याउँछ। त्यसपछि बिरामी बीचबाटोमै अलपत्र पर्ने गरेका छन् । कहिलेकाहीँ बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पतालसम्म लैजान मान्छे नपाउँदा बिरामीले बाटोमै ज्यानसमेत गुमाउने गरेको स्थानीयवासीहरू बताउँछन् ।

दुनैका ठूला व्यापारीको व्यक्तिगत स्वार्थका कारण केही वर्षअघि बन्न लागेको झोलुङ्गे पुल पनि स्थगित भएको सदरमुकामका आरोप लाग्दै आएको छ । अस्पतालसम्म सीधा पुल जोडिए वारिपट्टिको बजार सुक्छ भन्ने व्यापारीको स्वार्थका कारण निर्माणको तयारी भएको पुलपछि रोकिएको हो ।

पुल नभएकै कारण अस्पताल पुर्‍याउन ढिला हुँदा दुई साताअघि एक बालकले बीचबाटोमै ज्यान गुमाउनुपरेको जिल्ला अस्पतालका डा. अखण्ड उपाध्यायले बताए ।

‘गाडी छुटेदेखि अस्पतालसम्म पुग्ने बाटो घुमाउरो र जोखिमपूर्ण छ। ती बालकलाई समयमै अस्पताल ल्याउन सकेको भए ज्यान जोगिन सक्थ्यो,’ डा‍. उपाध्यायले भने, ‘कतिपय गर्भवती महिला बीचबाटोमै सुत्केरी हुने गरेका छन्। पुलका लागि धेरै ठाउँमा गुहारियो, तर कसैले पनि कुरा सुनेनन् । ’

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १२ : ४० बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार