ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु  « Khabarhub

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेर बहादुर केसी रहेका छन् । 

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका ट्रयाक्टरमै सवार २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको लु ४ त ६७०३ नम्बरको ट्रयाक्टर हिजो साँझ पौने ६ बजे अनियन्त्रित भई पल्टिएको थियो । ट्रयाक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी माझफाल डोल्पाले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १२ : २८ बजे

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि