ट्रकले ठक्कर दिँदा मोटरसाइमा सवार एक जनाको मृत्यु « Khabarhub

ट्रकले ठक्कर दिँदा मोटरसाइमा सवार एक जनाको मृत्यु


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

होत्तरी– महोत्तरीको गौशाला नगरपालिका–१ सुर्ती विकासचोकमा आज बिहान बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ । छोरा घाइते भएका छन् । 

गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला नगरपालिका–४ रजखोरका २८ वर्षीय दिलिप सहनीको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

घाइते भएका मोटरसाइकलमा पछाडि सवार ६ वर्षीय आशिष सहनीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

माइस्थानबाट गौशालातर्फ आउँदै गरेको ना ४ ख ३३३९ नम्बरको ट्रकले आज बिहान पौने ८ बजे विपरित दिशाबाट जाँदै गरेको अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १ : १९ बजे

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८ लाई

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै

काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही

सेतो मच्छिन्द्रनाथको मूर्तिमा रंगरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– आइतबार सम्पन्न पवित्र स्नानपछि सेतो मच्छिन्द्रनाथ (अवलोकितेश्वर/करुणामय) को मूर्तिमा

रास्वपासँग राजनीतिक सहमति गर्ने पक्षमा जेन-जी फ्रन्ट र काउन्सिल, अलायन्स भने सडकतिर

काठमाडौं- सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र