विकास र समृद्धिको चाहना अघि बढ्न सकेन : शंकर पोखरेल | Khabarhub Khabarhub

विकास र समृद्धिको चाहना अघि बढ्न सकेन : शंकर पोखरेल


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाए । 

महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा छैन भने । उनले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गरे।  पाँच दलीय गठबन्धनका बीचमा आफ्नो पार्टीको जनमत नघटेको दाबीसमेत उनले गरे ।    

कार्यक्रममा दाङको समग्र विकासका लागि आफू गम्भीर रुपमा लागिरहेकोसमेत महासचिव पोखरेलले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  २ : ०० बजे

शपथपछि आन्दोलनका घाइते भेट्न अस्पतालमा कुलमान (तस्बिरहरू)

काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासमा मन्त्री पदको शपथ लिएपछि नवनियुक्त

हामी खाडलमा पर्‍यौं, अब दलहरु चुनावमा गइदिए हुन्थ्यो

काठमाडौं– भदौ २३/२४ गतेको जेन–जी पुस्ताको आन्दोलनले ओली सरकार ढालेर

खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

काठमाडौं–  ‘जेन-जी’ युवाहरूको प्रदर्शन र आगजनीका कारण बन्द रहेको खानेपानी

हुम्लाकाे सर्केगाड गाउँपालिकामा नेपाल टेलिकमको ‘ टूजी र फोरजी’ सञ्चालनमा आयो

काठमाडौं– नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका-१ मा टूजी

बलात्कार मुद्दा परेपछि जनमतबाट सचिव बीपी साह निलम्बित

जनकपुरधाम- जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव बिशेश्वर प्रसाद (बीपी) साहलाई