ताइवानलाई चीनबाट अलग बनाउने अभिव्यक्ति निन्दनीय : नेमकिपा  « Khabarhub

ताइवानलाई चीनबाट अलग बनाउने अभिव्यक्ति निन्दनीय : नेमकिपा 


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने अमेरिकाको धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेको छ । नेपकिपाले जारी गरेको विज्ञप्तिमा यस्तो कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसङ्घको २५७८ घोषणा विपरीत हुने जनाएको छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले बुधबार विज्ञप्ति जारी गरी अमेरिका स्वयंले विगतमा  ‘एक चीन नीति’लाई स्वीकार गरे र अहिले ‘चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग’ बनाउने अभिव्यक्ति दिनु गलत भएको जनाएका छन् । यस्तो साम्राज्यवादी आक्रामक नीतिको नेमकिपाले निन्दा गर्ने उल्लेख छ । यो कार्य विभिन्न कालखण्डमा चीन–अमेरिकाबीच भएका अन्य सम्झौताको मर्म विपरित भएको पनि पार्टीले जनाएको छ ।

अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको छ । चीन घेर्ने नीतिअन्तर्गत हिन्द–प्रशान्त रणनीति, एमसीसी, काण्ड, अउकस आदि नीति र संगठन निर्माण गरी क्षेत्रीय शान्ति तथा विश्वशान्ति खलबल्याउने कार्य गरिरहेको विज्ञप्तिमा भनिएको छ । चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तेजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध ‘शित युद्ध’ को अभ्यास गर्ने कार्य गर्दै आएको नेमकिपाको आरोप छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ४ : १९ बजे

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६