मङ्कीपक्सका सङ्क्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकाल घोषणा « Khabarhub

मङ्कीपक्सका सङ्क्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकाल घोषणा


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो ।

उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो ।

अमेरिकामा बिहीबारसम्ममा छ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको बताइएको थियो । सो पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखा परेको मङ्कीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको हो ।

विश्वका कैयौँ देशमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ । विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ ।अहिले पनि विश्वका कतिपय देशहरुमा यसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएका समाचारहरु आइरहेका छन् ।

अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलेनोइ राज्यहरुमा बढी सङ्क्रमितहरु पाइएका बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : ५५ बजे

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर

जातीय उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक

सामुदायिक विद्यालय जोगाउन स्थानीयले गरे ४ रोपनी जग्गा दान 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-३ को कालिढुङ्गा माध्यमिक विद्यालयलाई