लमजुङमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु « Khabarhub

लमजुङमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर १७  जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७८/०७९ मा जिल्लामा विभिन्न स्थानमा भएको २२ सवारी दुर्घटनामा परी १७ जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा भएका सवारी दुर्घटनामा ८ जना गम्भिर घाईते र १७ जना समान्य घाइते भएका थिए । 

गएको आर्थिक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये सबै भन्दा धेरै मोटरसाइकल रहेका छन् ।  सो अवधिमा जिल्लामा १० वटा  ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै, अन्य सवारी साधानहरुमा ट्रयाक्टर ६ वटा, ट्रक र जिप दुई/दुई वटा,  बस र अन्य सवारी साधन एक/एक वटा दुर्घटना भएको ट्राफिक कार्यालयका प्रहरी सहायक हवल्दार सुभाष रानाभाटले बताए  ।  

सवारी दुर्घटनासम्बन्धी कार्यलयको तथ्यांकअनुसार विगत ४ वर्षमा गत वर्ष सबैभन्दा धेरै सवारी दुर्घटनामा परि मानिसले ज्यान गुमाएका छन् । जिल्लामा आर्थिक वर्ष ०७५/०७६ मा १४ सवारी दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष ०७६/०७७ मा जिल्लामा १३ सवारी दुर्घटनाहरू भएका थिए । ति दुर्घटनामा परेर ८ जनाको ज्यान गएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा २१ सवारी दुर्घटनाहरू भएका थिए भने ति दुर्घटनामा परि ११ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांक छ । 

तीन वर्षको अवधिलाई तुलना गर्दा सवारी दुर्घटनाको संख्या र दुर्घटनाबाट हुने मृत्युदरसमेत बढेको कार्यालयको तथ्यांकले देखाएको छ । हालसम्मको दुर्घटनाको प्रकृति हेर्दा सवारी दुर्घटनाको मुख्य कारण चालक संवेदनशील नहुनु र तीब्र गति प्रमुख रहेको प्रहरी सहायक निरीक्षक  राजाराम पौडेलले भनाई छ । 

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १२ : १८ बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह