लमजुङमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु | Khabarhub Khabarhub

लमजुङमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर १७  जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७८/०७९ मा जिल्लामा विभिन्न स्थानमा भएको २२ सवारी दुर्घटनामा परी १७ जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा भएका सवारी दुर्घटनामा ८ जना गम्भिर घाईते र १७ जना समान्य घाइते भएका थिए । 

गएको आर्थिक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये सबै भन्दा धेरै मोटरसाइकल रहेका छन् ।  सो अवधिमा जिल्लामा १० वटा  ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै, अन्य सवारी साधानहरुमा ट्रयाक्टर ६ वटा, ट्रक र जिप दुई/दुई वटा,  बस र अन्य सवारी साधन एक/एक वटा दुर्घटना भएको ट्राफिक कार्यालयका प्रहरी सहायक हवल्दार सुभाष रानाभाटले बताए  ।  

सवारी दुर्घटनासम्बन्धी कार्यलयको तथ्यांकअनुसार विगत ४ वर्षमा गत वर्ष सबैभन्दा धेरै सवारी दुर्घटनामा परि मानिसले ज्यान गुमाएका छन् । जिल्लामा आर्थिक वर्ष ०७५/०७६ मा १४ सवारी दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष ०७६/०७७ मा जिल्लामा १३ सवारी दुर्घटनाहरू भएका थिए । ति दुर्घटनामा परेर ८ जनाको ज्यान गएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा २१ सवारी दुर्घटनाहरू भएका थिए भने ति दुर्घटनामा परि ११ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांक छ । 

तीन वर्षको अवधिलाई तुलना गर्दा सवारी दुर्घटनाको संख्या र दुर्घटनाबाट हुने मृत्युदरसमेत बढेको कार्यालयको तथ्यांकले देखाएको छ । हालसम्मको दुर्घटनाको प्रकृति हेर्दा सवारी दुर्घटनाको मुख्य कारण चालक संवेदनशील नहुनु र तीब्र गति प्रमुख रहेको प्रहरी सहायक निरीक्षक  राजाराम पौडेलले भनाई छ । 

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १२ : १८ बजे

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल– पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौं- सांसदहरूले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा