क्युबाको तेल भण्डारमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु, १२१ घाइते « Khabarhub

क्युबाको तेल भण्डारमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु, १२१ घाइते


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यारेबियन टापु राष्ट्र क्युबामा तेल भण्डारमा चट्याङ लागेर आगलागी भएको छ । मुलुकको मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् ।

घटनामा अरु १७ जना बेपत्ता भएको अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने एनवाई पोस्टले जनाएको छ ।

सीबीएस न्युजले ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्निनियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेका बताएको छ ।

शुक्रबार अबेर शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । यसैबीच सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्वन गरेपनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारणबारे अनुभव भएका मैत्री देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको मद्दत मागेको छ ।

आगलागीको आसपासको क्षेत्रलाई नियन्त्रणमा लिन सेनाले हेलिकप्टरबाट पानी खसाल्दै आगो निभाउने प्रयास गरिरहेको छ।

मातान्जासका अग्निनियन्त्रक प्रमुख रोबर्टो डे ला टोरेले जनाएअनुसार अग्नि नियन्त्रकहरूले आगो फैलिनबाट रोक्नको लागि ट्याङ्कीहरूलाई चिसो राख्न प्रयास गरिरहेका छन् ।

घाइते मध्ये सात जनालाई राजधानी हवानाको क्यालिक्सटो गार्सिया अस्पतालमा लगिएको बताइएको छ ।

क्युबाले इन्धन अभावको सामना गरिरहेको बेला यस्तो घटना भएको हो । यद्यपि घटनाको विस्तृत विवरण र क्षति भने अझै यकिन गर्न सकिने अवस्था नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : १३ बजे

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?

काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।