क्युबाको तेल भण्डारमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु, १२१ घाइते | Khabarhub Khabarhub

क्युबाको तेल भण्डारमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु, १२१ घाइते


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यारेबियन टापु राष्ट्र क्युबामा तेल भण्डारमा चट्याङ लागेर आगलागी भएको छ । मुलुकको मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् ।

घटनामा अरु १७ जना बेपत्ता भएको अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने एनवाई पोस्टले जनाएको छ ।

सीबीएस न्युजले ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्निनियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेका बताएको छ ।

शुक्रबार अबेर शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । यसैबीच सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्वन गरेपनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारणबारे अनुभव भएका मैत्री देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको मद्दत मागेको छ ।

आगलागीको आसपासको क्षेत्रलाई नियन्त्रणमा लिन सेनाले हेलिकप्टरबाट पानी खसाल्दै आगो निभाउने प्रयास गरिरहेको छ।

मातान्जासका अग्निनियन्त्रक प्रमुख रोबर्टो डे ला टोरेले जनाएअनुसार अग्नि नियन्त्रकहरूले आगो फैलिनबाट रोक्नको लागि ट्याङ्कीहरूलाई चिसो राख्न प्रयास गरिरहेका छन् ।

घाइते मध्ये सात जनालाई राजधानी हवानाको क्यालिक्सटो गार्सिया अस्पतालमा लगिएको बताइएको छ ।

क्युबाले इन्धन अभावको सामना गरिरहेको बेला यस्तो घटना भएको हो । यद्यपि घटनाको विस्तृत विवरण र क्षति भने अझै यकिन गर्न सकिने अवस्था नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : १३ बजे

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार