१ वर्षमा नेपालीले खाए २ अर्बभन्दा बढीको काजु र बदाम « Khabarhub

१ वर्षमा नेपालीले खाए २ अर्बभन्दा बढीको काजु र बदाम


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु र बदाम आयात गरेको विभागले जनाएको छ । सो अवधिमा २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम नेपाल भित्रिएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष १ अर्ब १७ करोड २५ लाख ७९ हजार रुपैयाँको १४ लाख ३४ हजार २१० केजी काजु र ८४ करोड १८ लाख २३ हजार रुपैयाँको १३ लाख १४ हजार ७४६ केजी बदाम नेपाल भित्रिएको थियो ।

नेपालमा भारत, भियतनाम, अष्ट्रेलिया, चीन, हङकङ, जापान, मोजाम्बिक, नाइजेरिया, सिंगापुर र दक्षिण अफ्रिकाबाट काजु आउने गरेको छ । यस्तै, भारत, अमेरिका र अफगानिस्तानबाट बदाम आउने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २ अर्ब ८ करोड ४७ लाख ९३ हजार रुपैयाँको काजु र बदाम आयात गरेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : १३ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका