विकास कार्यक्रम र योजनाबारे खबरदारी गर्ने दलहरूको निर्णय | Khabarhub Khabarhub

विकास कार्यक्रम र योजनाबारे खबरदारी गर्ने दलहरूको निर्णय


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बर्दिबास नगरपालिकामा बसेको सर्वदलीय बैठकले नगरभित्रका विविध सरोकारका विषयमा चासो देखाएको छ  ।

शिक्षा जस्तो क्षेत्रमा मनलाग्दी गर्दै पूर्वाग्राही ढंगले नगर शिक्षक हटाएको निष्कर्ष निकाल्दै उक्त बैठकले स्थानीय सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

नगरभित्र रहेका सामाजिक सङ्घ-संस्थाहरूमा चरम मनोमानी रहेको र उद्योग वाणिज्य संघ, खानेपानी संस्थानहरूमा यथाशीघ्र नयाँ कार्यसमिति बनाउने विषयमा पनि सर्वदलीय निर्णय भएको छ ।

माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त संस्थाहरूमा नयाँ कार्यसमिति बनाउन इलाका प्रशासनलाई तत्काल ज्ञापन पत्र बुझाउने दलहरूले सहमति जनाएका छन् ।

उद्योग वाणिज्य संघ, खानेपानी जस्ता संस्थाहरूमा कार्यसमितिको ३ वर्ष अगाडि नै म्याद सकिए पनि विधान र नियम विपरीत मनोमानी भइरहेको तर्फ सबै दलहरुले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सर्वदलीय बैठकले नगरभित्र रहेको सामुदायिक पुस्तकालय संचालनको सम्बन्धमा  सरोकारवाला निकायसँग माग गर्ने निर्णय पनि गरेको छ ।

सर्वदलीय बैठकले नगरभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्रका सम्बन्धमा चासो देखाए । धार्मिक पर्यटकलाई व्यवस्थित बनाउन विधान र योजना हुँदाहुँदै अस्तव्यस्त र जीर्ण अवस्थाका सम्बन्धमा नगर कार्यालयसँग माग गर्ने निर्णय भएको छ ।

बैठक संचालनका सम्बन्धमा पनि दलहरू बीच भद्र सहमति भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  २ : ३९ बजे

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने

तनहुँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री ओलीको भारत