सानीमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुल्ला  « Khabarhub

सानीमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुल्ला 


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरूमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । 

त्यसैअनुरूप सानिमा बैंकले विगत लामो समयदेखि काठमाडौँ उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ र १२ को लागि २/२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोही कार्यक्रमलाई निरन्तरता दिँदै उक्त बैंकले उच्च माध्यमिक तह अध्ययन गर्नका लागि काठमाडौँ उपत्यका बाहिरका शाखाहरूबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । उक्त छात्रवृत्तिअन्र्तगत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगद वृत्ति २००० प्रति मैना गरी प्रत्येक विद्यार्थीलाई ५०,००० सम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिने जनाइएको छ ।

यो छात्रवृत्ति बैंकले काठमाडौँ उपत्यका बाहिरका सबै शाखाहरुबाट स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई उच्च माध्यमिक तह अध्ययनको लागि दिँदै आएको छ । 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : ५२ बजे

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र

झापा– गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र

बीपीको वैचारिक कांग्रेसमा विरासतको मोलतोल

पृष्ठभूमि आज बीपी कोइराला जीवित हुनुहुन्थ्यो भने नेपाली कांग्रेसको वर्तमान

कृषि, खानेपानी र घरायसी विद्युतमा १३ प्रतिशत भ्याट दुर्भाग्यपूर्ण : घिसिङ

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ,

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका