सबै कुरा भताभुंग बनाएर, पुरानो घरमा डोजर लगाउन सम्भव छैन–मन्त्री पण्डित « Khabarhub

सबै कुरा भताभुंग बनाएर, पुरानो घरमा डोजर लगाउन सम्भव छैन–मन्त्री पण्डित


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुरानो नीतिलाई निमिट्यान्न पारी सम्पूर्ण नयाँ संरचना बनाउँछु भन्ने कुरा सम्भव नभएको बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा मन्त्री पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु भताभुंग बनाएर सबै नयाँ गर्ने विषय संभव नभएको बताएका हुन् ।

उनले विगतमा गरिएको व्यवस्था विभेदकारी भए परिर्वतन गर्दै जान सकिने र भविश्यमा पनि आवश्यकता अनुसार परिर्वतन गर्न सकिने भन्दै विद्यमान सम्पुर्ण नीतिगत व्यवस्थामा डोजर लगाउन सम्भव नभएको बताए ।

उनले भने “ विगतमा गरिएको कुराले विभेद भयो भनेर विगतकालाई हामी स्वकिार गर्छौ कि,हामी विभेदकारी थियौ भनेर ? कि समय अनुकुल परिर्वतन भईरहन्छ ? त्यसकारण हिजो गरेनम् । आज त्यो एकदम अनिवार्य छ । भविष्यमा अझै अनिवार्य हुन सक्छ । हिजो जुन ऐन आएको छ । सबै कुरा भताभुंग बनाएर, पुरानो घरलाई डोजर लगाएर सम्म बनाएर नयाँ जग खन्ने गरि होइन । अहिले त्यो संभव छैन । ”

सरकारको विभिन्न संरचना र संगठनहरु पनि त्यो अनुसार तयार नभएको भन्दै उनले विभिन्न पदमा कार्यरत व्यक्तिको कार्यगत स्थिति कहाँ कति परिर्वतन गर्ने भन्ने अनुसार अतिकतमसम्म मिलाएर अघि बढेको उल्लेख गरे ।

उनले भने “अहिले हामी देख्छौ । एकातिर नेपाल आर्मी, अर्कातिर सशस्त्र प्रहरी, अर्कोतिर जनपद प्रहरी ,अर्कातिर अनुसन्धान र अर्कोतिर निजामति छ । यी सबै सरकार त सरकारकै हुन् तर मिल्दैन । त्यसकारण जहाँसम्म मिल्छ , मिल्दै मिलाउँदै जाने कुरामा कुनै दुईमत छैन ।सबै भताभुंग गरेर फेरी अर्को आँधीवेहरी श्रृजना गर्ने गरि अहिले संभव छैन । संभव भएजति छलफल गरेर ल्याईएको छ । अहिले त्यो गर्यो भने नीतिगत रुपमा विधेयक फिर्ता लैजानुस् भन्नुपर्ने हुन्छ । हामी त्यो ठाउँमा छैनौ । समग्र परिवेशले कहाँनेर कति चेन्ज गर्न सकिन्छ । त्यति बुझेर अगाडि बढ्यौ भने हामी निकासमा पुग्छौ । ”

लामो समय सम्म श्रेणी र तहगत प्रणालीमा छलफल गरेर स्थानीय र प्रदेशमा गएको भन्दै मन्त्री पण्डितले भविश्यमा तात्कालिन वस्तुस्थिति अनुसार परिर्वतन गरेर अघि बढ्न सकिने स्पष्ट पारे । समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका लागि विभागिय मन्त्री पण्डितलाई समितिमा बोलाएको हो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १ : ०७ बजे

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन