गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ स्वास्थ्य शिविर सञ्चालन


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रसुवा– जनैपूर्णिमाको विशेष पर्वअन्तर्गत गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ आजदेखि हिमाली उच्च भागमा स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

लेक लाग्ने समस्या न्यूनीकरण गराउँदै धार्मिक यात्रा सहज पार्न विगत २५ वर्षदेखि अनवरतरूपमा कार्यरत हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । आवश्यक औषधि र अक्सिजन सिलिण्डरसमेतका सामग्री गोसाइँकुण्ड पुर्‍याई स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हिमालय उद्धार सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालले जानकारी दिए ।

आवश्यक औषधि तथा चिकित्सकसमेतको सम्पूर्ण व्यवस्था संस्थागतरूपमा गरिएको हिमालय उद्धार सङ्घले जनाएको छ । समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्डको स्वास्थ्य शिविरमा आफ्नो संस्थाको एक जना प्राविधिकसहित छ जना चिकित्सक कार्यरत रहेको बताइएको छ ।

यसरी सेवा दिने चिकित्सकमा डा अनुपमा भट्टराई, डा प्रसन्न कार्की, डा दीपेन्द्र पौडेल, डा सुरज कँडेल, डा सुरज श्रेष्ठ, डा आकाश शेखाली र हिमालय उद्धार सङ्घका हिमाली विज्ञ प्रकाश खत्री रहेको सो सङ्घले जनाएको छ । गोसाइँकुण्ड मेला केन्द्रित गरी आजदेखि सञ्चालनमा ल्याइएको स्वास्थ्य शिविर यही साउन २७ गतेसम्म सञ्चालन हुने कार्यकारी प्रमुख बस्यालले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ५१ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा