गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ स्वास्थ्य शिविर सञ्चालन


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रसुवा– जनैपूर्णिमाको विशेष पर्वअन्तर्गत गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ आजदेखि हिमाली उच्च भागमा स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

लेक लाग्ने समस्या न्यूनीकरण गराउँदै धार्मिक यात्रा सहज पार्न विगत २५ वर्षदेखि अनवरतरूपमा कार्यरत हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । आवश्यक औषधि र अक्सिजन सिलिण्डरसमेतका सामग्री गोसाइँकुण्ड पुर्‍याई स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हिमालय उद्धार सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालले जानकारी दिए ।

आवश्यक औषधि तथा चिकित्सकसमेतको सम्पूर्ण व्यवस्था संस्थागतरूपमा गरिएको हिमालय उद्धार सङ्घले जनाएको छ । समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्डको स्वास्थ्य शिविरमा आफ्नो संस्थाको एक जना प्राविधिकसहित छ जना चिकित्सक कार्यरत रहेको बताइएको छ ।

यसरी सेवा दिने चिकित्सकमा डा अनुपमा भट्टराई, डा प्रसन्न कार्की, डा दीपेन्द्र पौडेल, डा सुरज कँडेल, डा सुरज श्रेष्ठ, डा आकाश शेखाली र हिमालय उद्धार सङ्घका हिमाली विज्ञ प्रकाश खत्री रहेको सो सङ्घले जनाएको छ । गोसाइँकुण्ड मेला केन्द्रित गरी आजदेखि सञ्चालनमा ल्याइएको स्वास्थ्य शिविर यही साउन २७ गतेसम्म सञ्चालन हुने कार्यकारी प्रमुख बस्यालले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ५१ बजे

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना