पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने « Khabarhub

पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिकाका पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ती तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधैँ तयार रहेको बताए ।

अहिले नगरपालिकाको प्रायः सबै वडाहरुमा पहिरो गइरहेको, नदी तटीय क्षेत्रहरुमा नदीले कटान गरिरहेको अवस्थामा नगरले भ्याएसम्मको काम गरिरहेको उनको भनाइ छ । सोमबार वडा नं २ निबुगाउँमा गएको पहिराको स्थलगत अवलोकन गर्दै प्रमुख तामाङले जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि आफ्नो ध्यानाकर्षण भएको बताए।

अवलकोनकै लागि पुगेकी उपप्रमुख उमा प्रधानले पनि नगरका कमजोर भूभागमा अहिले धमाधम पहिरो गइरहेको भन्दै जोखिममा रहेका बस्ती संरक्षण र स्थानान्तरणमा नगरले पीडितहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने बताईन् । उनले अझै पनि पानी परिरहेको बताउँदै जोखिमयुक्त स्थानमा नबस्नसमेत आग्रह गरिन् ।

उपप्रमुख प्रधानले स्थानीय सरकारले मात्र काम गर्न नसक्ने भन्दै सङ्घ र प्रदेश सरकारले पनि यस विषयमा चासोका साथ हेर्नुपर्नेमा जोड दिए । अवलोकनमा वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले पीडितहरुको माग र तत्कालीन समस्याका बारेमा प्रमुख र उपप्रमुखलाई जानकारी गराएका थिए ।

साउन २० गते बेलुका गएको पहिराले निबुगाउँका १६ घर उच्च जोखिममा रहेको छ भने जोखिममा रहेकाहरु छिमेकीमा आश्रय लिएर बस्न परेको स्थानीय रामचन्द्र दुलालले बताए । अवलोकनपछि काउले भोटेचौर सडक खुलाउनका लागि काम सुरु भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १० : ४२ बजे

सभापति थापाले ल्याए कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसाका सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको

हङकङेली नेपालीका रोजगार एप ‘जबलिङ्क कनेक्ट’ सार्वजनिक

हङकङ – हङकङका नेपाली व्यवसायीद्वारा पहिलोपटक विकसित गरिएको मोबाइल एप्लिकेसन

किमको आणविक अडान कडा

सियोल- उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट

देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन

ललितपुर‍- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा

जाँदाजाँदै कर्मचारीमाथि किन खनिन्छन् मन्त्री-प्रधानमन्त्री, पूर्वसचिव भन्छन्- ‘कार्यक्षेत्रकै भेउ पाउँदैनन्’

काठमाडौं– केही दिन अगाडी सहरी विकास मन्त्री कुमार इङ्नामले कर्मचारीहरूले