चक्कु प्रहारबाट इरानमा १० जनाको मृत्यु « Khabarhub

चक्कु प्रहारबाट इरानमा १० जनाको मृत्यु


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसञ्जनमा चक्कु प्रहार गर्ने हमलाकारीलाई प्रहरीले पक्राउ गरेको एन्तेखाब समाचार वेबसाइटले रफसन्जनका गभर्नर होसेन रेजाईलाई उद्धृत गर्दे उल्लेख गरेको छ।

उक्त घटनाका सबै पीडितहरू पुरुषहरू छन् । ती मध्ये छ अफगानी र चार इरानी नागरिकहरू छन् ।रेजाईले बताएअनुसार आक्रमणकारीको मानसिक स्वास्थ्य असामन्य थियो । उसले आफैलाई प्रहार गरी चोट लगाएको पाइएको छ ।

हत्यारामा लागुपदार्थको लत पनि पुष्टि भएको छ ।यस बारे थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १० : ५० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना