एकै दिन २४ सय ४९ जना सवारी चालकमाथि कारबाही | Khabarhub Khabarhub

एकै दिन २४ सय ४९ जना सवारी चालकमाथि कारबाही


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ४४९ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई सोमबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७३ जना, जथाभाबी हर्न बजाउने १०३ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७५ जना र तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना रहेका छन् ।

यस्तै, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ८७ जना, सडक लेन उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २० जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १० : ३८ बजे

ट्रम्पका सहयोगीले हजारौँ डलर यौन तथा लागूऔषधमा खर्चिएको खुलासा

न्यूयोर्क – रिपब्लिकका पूर्व काँग्रेस सदस्य म्याट गेयट्जले यौन र

सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन

काठमाडौं – सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत

डलरको भाउ बढ्यो : मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल पुस ९ गते मंगलबार तदनुसार

आज २०८१ साल पुस ९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस ९ गते मंगलबार तदनुसार