उद्योग वाणिज्य सङ्घद्वारा शान्ति-सुरक्षाको मागसहित भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र  « Khabarhub

उद्योग वाणिज्य सङ्घद्वारा शान्ति-सुरक्षाको मागसहित भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापा उद्योग वाणिज्य सङ्घले शान्ति-सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति-सुरक्षाको माग गर्दै सङ्घले आज नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । 

सङ्घका उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा नगरपालिका पुगेको उद्योगी-व्यवसायीको टोलीले नगरप्रमुख गणेश पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । भद्रपुर क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरूमा केही दिनयता चोरीका घटना बढ्दै गएकाले नगरपालिकामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाइएको उपाध्यक्ष धमलाले बताए ।

‘दिउँसै चोरीका घटना भइरहेका छन्’, उनले भने, ‘स्थानीय सरकारलाई सुरक्षा माग गर्दै ज्ञापनपत्र बुझाएका हौँ ।’ नगरमा सुरक्षा व्यवस्था मजबुत बनाएर भयरहित वातावरणमा उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सङ्घले आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख पोखरेलले भद्रपुर बजारमा चोरीका घटना बढिरहेकाले नयाँ रणनीति बनाएर सुरक्षा व्यवस्था कडा बनाउन पहल गर्ने बताए ।

नगर क्षेत्रमा पर्याप्त सीसी क्यामेरा नभएको भन्दै नगरप्रमुख पोखरेलले भने, ‘सीसी क्यामेरा जडानका लागि हामी काम थाल्छौँ, त्यसमा सङ्घलाई पनि सहयोग गर्न आग्रह गर्छु ।’ नगरमा बुझाइएको ज्ञापनपत्र जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापामा भोलि बुझाइने सङ्घले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : २१ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा