उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीलाई « Khabarhub

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीलाई


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि सोमबारदेखि सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले सम्हालेका हुन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीको सचिवालयको आजको सिफारिसअनुसार मन्त्रिपरिषद् हेरफेर र गठन गरेका हुन् ।

सत्ता गठबन्धनभित्रको प्रमुख दल माओवादी केन्द्रको भागमा परेको उद्योग मन्त्रालयमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले उद्योगमन्त्री नियुक्तिको सिफारिस आज पनि गर्न नसकेपछि उक्त मन्त्रालय सम्हाल्नुपरेको मुख्यमन्त्री शाहीले बताए । उद्योगमन्त्रीमा डोल्पा ‘ख’ बाट निर्वाचित वीरबहादुर शाहीको नाम चर्चामा आए पनि माओवादीले मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, यज्ञबहादुर बुढाक्षेत्रीलाई सामाजिक विकास मन्त्रालय, चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, पदमबहादुर रोकायलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, गणेशप्रसाद सिंहलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसहितको कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएको छ । 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : ०१ बजे

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट

काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते

निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा