कोरियामा एकैदिन डेढ लाखभन्दा बढी जनामा कोरोना संक्रमण « Khabarhub

कोरियामा एकैदिन डेढ लाखभन्दा बढी जनामा कोरोना संक्रमण


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल – दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट संक्रमित भएका छन् । सोमबारको तुलनामा मंगलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार एक लाख ४९ हजार आठ सय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिँदा बिरामीको संख्या बढेको हो । मंगलबार मध्यरातसम्मको विवरणअनुसार देशमा कोभिड–१९बाट संक्रमित हुनेको संख्या दुई करोड आठ लाख ४५ हजार नौ सय ७३ पुगेको छ।

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको संख्या पनि अघिल्लो दिनको तुलनामा ३८ ले बढेर चार सय दुई पुगेको छ । सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका संख्या २५ हजार तीन सय ८२ पुगेको छ ।

यसैबीच, मलेसियामा पनि सोही अवधिमा तीन हजार ८३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मंगलबार मध्यरातसम्ममा देशभर ४७ लाख १४ हजार चार सय ९८ जना बिरामीको अभिलेखीकरण गरिएको मलेसियायाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा दक्षिणपूर्वी एसियाली देशमा महामारीबाट थप १२ जनाको मृत्यु छ भने हालसम्म ३६ हजार ४४ जनाले यो घातक रोगबाट जीवन गुमाएका छन् ।

मंगलबार मध्यरातसम्मको विवरणअनुसार उक्त दिन चार हजार दुई सय २९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै रोगलाई परास्त गर्ने मलेसियालीको संख्या ४६ लाख ३५ हजार सात सय ३७ पुगेको छ । हाल मलेसियामा ४२ हजार सात सय १७ जना कोभिड–१९ का सक्रिय संक्रमित छन् ।

न्युजिल्याण्डमा कोभिड–१९ का पाँच हजार एकसय ६९ नयाँ बिरामी फेला परेका तथा १८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोभिड–१९ को महामारी सुरु भएयता न्युजिल्याण्डमा एक हजार सात सय पाँच जनाको मृत्यु भएको छ ।

सन् २०२० को शुरुमा न्युजिल्याण्डमा महामारी फैलिएपछि १६ लाख ५७ हजार ७४३ जना कोरोनाबाट पीडित भएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ११ : ५४ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर