विद्यार्थी र शिक्षक नै भाइरलले बिरामी पर्न थालेपछि लमजुङका दुई विद्यालय बन्द « Khabarhub

विद्यार्थी र शिक्षक नै भाइरलले बिरामी पर्न थालेपछि लमजुङका दुई विद्यालय बन्द


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि  र  युनिर्भसल एकेडेमी बन्द गरिएको छ ।

जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार डेढ सयभन्दा बढी बिरामीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । विद्यालय आएका ५० भन्दा बढी विद्यार्थीमा समस्या देखिएको र एक सय बढी विद्यार्थी बिरामीका कारण विद्यालयमा उपस्थित हुन नसकेपछि बुधबार र बिहीबार विद्यालय बन्द गरिएको उनले बताए । शुक्रबार र शनिबार बिदा नै छ । ‘चार दिन हेरौँ,’ उनले भने । जनविकासमा एक हजार दुई सय विद्यार्थी पढ्छन् ।

युनिर्भसल एकेडेमीका प्रिन्सिपल विमल अधिकारीका अनुसार तल्लो तहका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या बढी देखिएपछि विद्यालय बन्द गरिएको हाे । नर्सरीदेखि ५ कक्षासम्मका ५० जना विद्यार्थीमा समस्या देखिएको छ । उनका अनुसार नर्सरीदेखि कक्षा पाँचसम्म सय पाँच सय विद्यार्थी छन् । ६ देखि माथिका विद्यार्थीमा भने समस्या नदेखिएको उनले बताए ।

बेँसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव किसानराज चिलुवालले विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि जनविकास मावि बेंसीशहर र युनिभर्सल एकेडेमीको पाँच कक्षासम्म बन्द गरिएको बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : २५ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल