विद्यार्थी र शिक्षक नै भाइरलले बिरामी पर्न थालेपछि लमजुङका दुई विद्यालय बन्द « Khabarhub

विद्यार्थी र शिक्षक नै भाइरलले बिरामी पर्न थालेपछि लमजुङका दुई विद्यालय बन्द


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि  र  युनिर्भसल एकेडेमी बन्द गरिएको छ ।

जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार डेढ सयभन्दा बढी बिरामीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । विद्यालय आएका ५० भन्दा बढी विद्यार्थीमा समस्या देखिएको र एक सय बढी विद्यार्थी बिरामीका कारण विद्यालयमा उपस्थित हुन नसकेपछि बुधबार र बिहीबार विद्यालय बन्द गरिएको उनले बताए । शुक्रबार र शनिबार बिदा नै छ । ‘चार दिन हेरौँ,’ उनले भने । जनविकासमा एक हजार दुई सय विद्यार्थी पढ्छन् ।

युनिर्भसल एकेडेमीका प्रिन्सिपल विमल अधिकारीका अनुसार तल्लो तहका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या बढी देखिएपछि विद्यालय बन्द गरिएको हाे । नर्सरीदेखि ५ कक्षासम्मका ५० जना विद्यार्थीमा समस्या देखिएको छ । उनका अनुसार नर्सरीदेखि कक्षा पाँचसम्म सय पाँच सय विद्यार्थी छन् । ६ देखि माथिका विद्यार्थीमा भने समस्या नदेखिएको उनले बताए ।

बेँसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव किसानराज चिलुवालले विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि जनविकास मावि बेंसीशहर र युनिभर्सल एकेडेमीको पाँच कक्षासम्म बन्द गरिएको बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : २५ बजे

तस्बिरमा यस्तो देखियो कांग्रेस काठमाडौं १० को चुनावी सभा

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १० मा चुनावी सभा

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो