प्रचण्डले भने- ‘फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ’ « Khabarhub

प्रचण्डले भने- ‘फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ’


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले फोहोर व्यवस्थापनमा जापानबाट सिक्नुपर्ने बताए । आफ्नो भ्रमणबाट जापानमा रहेका नेपालीहरू धेरै नै खुसी भएको समेत उनले बताए ।

यसका साथै प्रचण्डले फोहर व्यवस्थापनकै लागि जापानसँग सहयोग मागेको बताएका छन् । ‘विकास साझेदारमा जापान अघि छ । जापानले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्‍यौँ । जापान फोहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ । कतै फोहोर नै नदेखिने बनाएका रहेछन्,’ उनले भने ।

जापानको हाइड्रो, कृषि र भौतिक संरचना आवश्यकता भएको विषयमा छलफल भएको प्रचण्डले बताए । उनले नेपाल जापानबीच प्रविधिको सहयोगबारे छलफल भएको बताए ।

प्रचण्ड पाँच दिन अघि जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभलको समुद्घाटन कार्यक्रमका लागि जापान गएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : ४५ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको