बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टीकरण माग « Khabarhub

बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टीकरण माग


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि बढेकोबारे स्पष्टीकरण माग गरेको छ ।

बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा चिनियाँ क्षेप्यास्त्र प्रक्षेपण र घुसपैठबारे जानकारी दिन आफूले राजदूत झेङ जेगुआङसँग छलफल गरी जानकारी लिएको बताइन् ।

गत साता अमेरिकी सभामुख न्यान्सी पेलोसीले उक्त टापुको भ्रमण गरेपछि सैन्य अभ्यास सुरु भएको थियो ।

‘बेलायत र साझेदारहरूले ताइवान वरपरको क्षेत्रमा चीनको गतिविधि वृद्धिको आलोचना गरेका छन्, जुन हाम्रो हालैको जी–७ वक्तव्यबाट देखिएको छ,” ट्रसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“मैले चिनियाँ राजदूतलाई बोलाएर आफ्नो देशको गतिविधिबारे स्पष्ट पार्न निर्देशन दिएँ ।”

“हामीले हालैका महिनाहरूमा बेइजिङको तर्फबाट बढ्दो आक्रामक व्यवहार र भनाइ देखेका छौं, जसले यस क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पारेको छ ।”

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ४० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री