रत्न मन्दिर र हिमागृह खुला गर्न पर्यटन व्यवसायीहरूकाे माग « Khabarhub

रत्न मन्दिर र हिमागृह खुला गर्न पर्यटन व्यवसायीहरूकाे माग


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- पर्यटन व्यवसायी सङ्गठन नेपालले पोखराको रत्न मन्दिर र हिमागृह खुला गर्न सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसमक्ष माग गरेको छ ।

सङ्गठनका गण्डकी प्रदेश अध्यक्ष गणेशराज पहारीले आज पोखरामा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विगतमा पूर्व राजपरिवारका सदस्यले प्रयोग गर्ने गरेको र हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेका यी दुई दरबार सर्वसाधारणका लागि खुला गरी उद्यान एवं सङ्ग्रहालयका रुपमा रुपान्तरण गरेर अवलोकनको व्यवस्था गर्न माग गरे ।

पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारमा अवस्थित रत्न मन्दिर र हिमागृह खुला गर्न यहाँका पर्यटन व्यवसायीले डेढ दशकअघिदेखि माग गर्दै आएका छन् । यी दुई दरबार सर्वसाधारणका लागि खुला भएमा पर्यटकीय गन्तव्य बन्ने र पर्यटकको पोखरा बसाइँ लम्ब्याउन सहयोग पुग्ने पर्यटन व्यवसायीको भनाइ छ ।

यसैगरी पोखरालाई यथाशीघ्र पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने र पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग घोषणा गरिनुपर्ने माग पर्यटन व्यवसायी सङ्गठनको छ ।

होटल प्रतिष्ठान  सरह व्यक्तिगत नाममा रहेका होटल प्रतिष्ठानलाई पनि विद्युत् महसुल शुल्कमा प्रदान गरिएको छुट तथा सहुलियत प्रदान गर्न र होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह सेवा सुविधा प्रदान गरिएको हुँदा सो सुविधालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन ज्ञापनपत्रमा उल्लेख छ ।

पृथ्वीराजमार्ग एवं सिद्धार्थ राजमार्गको निर्माण कार्य तथा स्तरोन्नति छिटो सम्पन्न गरी अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेक साइडसम्म ‘बाइपास रोड’ निर्माण गर्न आग्रह गरिएको छ ।

यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी अङ्ग्रेजी नयाँ वर्षदेखि सञ्चालन हुने सुःखद् समाचारसँगै विश्वलाई चिनाउने साहसिक हवाई खेल प्याराग्लाइडिङ र अल्ट्रा लाइट व्यवसायको दिगो व्यवस्थापन एवं भविष्यका लागि निश्चित समय निर्धारण वा विकल्प खोज्न माग गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : ३९ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।