प्रभावकारी बन्दै नियमित बजार अनुगमन | Khabarhub Khabarhub

प्रभावकारी बन्दै नियमित बजार अनुगमन


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- तेह्रथुम सदरमुकामलगायत बजारमा केही समय अघिसम्म म्याद गुज्रेका वस्तुहरू छ्यापछ्याप्ती पाइने गरेको थियो । लामो समयसम्म बजार अनुगमन नहुनु ग्राहक र व्यवसायीलाई म्याद गुज्रेको वस्तुमा ध्यान नपुग्नुका कारण यस्तो हुँदै आएको हो ।

तर, पछिल्लो समय जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार नियमित अनुगमन हुन थालेपछि म्याद गुज्रेका वस्तुहरू न्यूनीकरण हुँदै गएको तेह्रथुम जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बूले बताए ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको नियमित अनुगमन प्रभावकारी बन्न थालेको हो । नियमित रूपमा बजार अनुगमन हुन थालेपछि व्यवसायीहरूले म्याद गुज्रेको वस्तुलाई व्यवस्थापन गर्ने गरेका छन् ।

बजार केन्द्रहरूमा नियमित अनुगमनलाई निरन्तरता दिँदै जाने हो भने व्यवसायी र ग्राहकसमेत सचेत बन्दै जाने व्यवसायी चुडामणि जोशीले बताए । उनी भन्छन्, ‘बजारलाई सकेसम्म मासिक नभए पनि तीन महिनामा एक पटक अनुगमन गर्न आवश्यक छ । ग्राहकहरूले म्याद रहेको खाद्यवस्तु मात्रै पाउनेछन् ।’

अघिल्लो अनुगमनमा पाइएको प्रतिवेदनका आधारमा पछिल्लो समय सुधार हुँदै गएको हो । लामो समयसम्म अनुगमन नभएका फेन्सी तथा हार्डवेयर पसलहरूमा म्याद सकिएका वस्तु भेटिएको टोलीले जनाएको छ । नियमित बजार अनुगमनलाई निरन्तरता दिँदै उद्योगी व्यवसायीहरूलाई सल्लाह र परामर्श दिँदै आएको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।

जिल्ला सदरमुकाम म्याङलुङ, जिरीखिम्ती बजार, लसुने,बसन्तपुर बजार, छथर शुक्रबारे, पोक्लाबाङ बजार, मोराहाङ बजार, आठराई संग्रान्तीलगायतका बजारमा अनुगमन हुँदै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ११ : ५५ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट