राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन  « Khabarhub

 राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन 


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा दुई लाख २२ हजार एक सय ३१ जनाको विवरण संकलन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय परिचयपत्रका लागि दर्ता अभियानसम्बन्धी जानकारी दिँदै मोरङमा अहिलेसम्म  १७ वटा पालिकामध्ये आठवटामा सो विवरण संकलनको काम पूरा भएको जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र जिल्ला प्रशासन कार्यालय मोरङद्वारा हालै आयोजित एक कार्यक्रममा सो जानकारी गराइएको हो । नेपालमा सबैभन्दा पहिले प्रदेश नं १ को पाँचथर जिल्लाबाट सुरु भएको यो अभियान मोरङमा गएको असोजदेखि सुरु भएको थियो । यस प्रदेशमा अहिले १३ जिल्लामा अभियान सञ्चालन रहेको बताइएको छ ।

सन् २०२४ सम्ममा सम्पन्न हुनुपर्ने यो अभियानका लागि देशभर सात हजार कर्मचारी परिचालन भएको र रुजु गर्ने अधिकारीहरू पनि परिचालन भएका जानकारी पनि उनले दिए । प्रदेशमा सोलुखुम्बु जिल्लामात्र अभियान सञ्चालन गर्न बाँकी रहेको र गलत विवरण दिने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको पनि बताइएको छ ।

यो परिचयपत्रका लागि देशभरिमा हालसम्म ३३ जिल्लामा सम्पन्न भई ७५ लाख मानिसको विवरण संकलन भइसकेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र बनाउन नागरिक स्वयं सक्रिय हुनुपर्ने बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ३ : ३१ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने