भाइरल इन्फेक्सन फैलिएको छ, आँखालाई जोगाऔँ « Khabarhub

अन्तर्वार्ता

भाइरल इन्फेक्सन फैलिएको छ, आँखालाई जोगाऔँ



पछिल्लो समय आँखाको इन्फेक्सन र अन्य समस्या भएका बिरामीहरू अस्पतालमा बढेका छन् । अहिलेको मौसममा ब्याक्टेरिया धेरै हुने कारणले आँखा रातो हुने तथा चिलाउने जुनसुकै समयमा हुन सक्ने र जो कोहीलाई पनि हुन सक्ने आँखा रोग विशेषज्ञले बताएका छन् । आँखाको इन्फेक्सनको प्रमुख कारण सरसफाइ कमी भएकोले जाडो या गर्मी जुनसुकै समयमा हनुसक्ने चिकित्सकहरू बताउँछन् । यसै विषयमा आँखा रोग विशेषज्ञ डाक्टर निशा श्रेष्ठसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

गर्मी महिनामा आँखामा धेरै समस्या देखा परेका छन् । त्यसमा पनि इन्फेक्सन कसरी बुझ्ने ?
कीटाणुहरूको कारणले इन्फेक्सन हुन्छ, हातहरूबाट आँखा छुँदा आँखामा जान्छ । आँखाको बाहिरदेखि लिएर भित्रको पर्दासम्म हुन्छ ।

खाली हातले आँखा मिचिरहँदा कत्तिको समस्या हुन्छ ?
धेरै कीटाणु आँखामा जाने भनेको हातबाट नै हो । त्यसैले हातबाट धेरै आँखा छुनुहुँदैन ।

आँखामा इन्फेक्सन भएर यो समस्या भएको भनेर कसरी थाहा पाउने त ?
इन्फेक्सनको प्रमुख लक्षण भनेको आँखा रातो हुने, चिलाउने हुन्छ । आँखाको डिलमा अन्धो आउने हुन्छ । त्यो ठाउँमा दुख्ने सुनिने हुन्छ । आँखाको भित्र नानी युबियाहरुमा पर्यो भने आँखा दुख्ने, रातो हुने धमिलो हुने हुन्छ । यति मात्र नभएर आँखाको मांसपेशीमा पनि इन्फेक्सन हुन सक्छ । आँखाको मांसपेशीहरूमा इन्फेक्सन भयो भने आँखा सुनिने वा बाहिर निस्किने हुन सक्छ । आँखाको पर्दाहरूमा जुका लाग्यो भने इन्फेक्सन हुन्छ ।

आँखामा जुका कसरी हुन्छ ?
आँखामा जुका भन्नाले शरीरको रगतबाट जाने हुन्छ । शरीरबाट रगतमा जान्छ र रगतबाट आँखामा जाने हुन्छ । यो खाना पानी लगायतका माध्यमहरूबाट जान्छ ।

आँखामा चाय पनि पर्छ भनिन्छ, यो कस्तो हो ?
आँखाको डिल डिलको परेलामा चाया हुन सक्छ । त्यो इन्फेक्सनहरूले गर्दा पनि हुन्छ । कहिले काँही कीटाणु हुन सक्छ । कपालको चाया पनि आँखामा आउन सक्छ । यसले पनि अन्धोपना आउने, चिलाउने दुख्ने हुन्छ । यो चाया एक व्यक्तिबाट अर्कोमा सर्दैन । आफैमा नै हुन्छ । यसको लागि आँखा सफा गर्नु पर्दछ । इन्फेक्सन नहोस् भनेर एन्टिबायोटिक पनि प्रयोग गरिन्छ । तर अलिअलि छ भो पानीबाट नै जान्छ ।

समयमा नै उपचार भएन भने कस्तो जोखिम निम्त्याउँछ ?
यसमा कुन भागको इन्फेक्सन छ । त्यसको आधारमा पनि हुन्छ । परेलामा अन्धो छ भने त्यो धेरै फैलिएर आँखाको दृष्ट्रीमा पनि समस्या ल्याउन सक्छ । पाक्न पनि सक्छ । त्यसले खासै समस्या हुँदैन । केही दिनमा आफै निको भएर जान्छ त कुनै केही समय धेरै लाग्न सक्छ । कुनै आँखा भित्रको युबियाको इन्फेक्सन छ भने त्यसले दृष्टिहरूलाई नै असर गर्न सक्छ । आँखा भित्रको पर्दाको इन्फेक्सनको पनि दृष्टिहरूलाई असर गर्न सक्छ ।

कति सक्रिय भित्र उपचार गरेन भने यस्तो जोखिम हुन्छ ?
लक्षण देखिने बित्तिकै उपचार गर्नु पर्दछ । किनकि जति रोग बढ्दै गयो । त्यति नै उपचारमा जटिल हुँदै जान्छ ।

यसको उपचार कसरी गरिन्छ ?
इन्फेक्सन ब्याक्टेरिया या भाइरसबाट हुन्छ । ब्याक्टेरिया भएर यान्टिबायोटिक चलाउनु पर्ने हुन्छ । कुनै भाइरल आफै नै निको भएर जाने हुन्छ तर त्यस्तो भाइरलहरूमा सेकेन्डरी इन्फेक्सन भनिन्छ । त्यसको माथि अर्को ब्याक्टेरिया इन्फेक्सन थपिने खालको हुन्छ । त्यसैले कहिलेकाहीँ भाइरल नै भए पनि एन्टिबायोटिक चलाउनु पर्ने हुन्छ । जुन कीटाणुको कारणले गर्दा भएको हो । त्यो कीटाणुलाई नै लक्षित गरेर उपचार गर्नु पर्दछ । आँखामा धेरै खाने भन्दा पनि लगाउने धेरै हुन्छ । झोलहरू मलमहरू लगाउनु पर्दछ । अप्रेसन खासै गर्नु पर्ने हुँदैन । कहिलेकाहीँ पर्दामा इन्फेक्सन भयो भने इन्फेक्सन हेरेर आँखामा इन्जेक्सन लगाउनु पर्ने हुन्छ ।

यो समस्या आँखामा नआओस् भनेर कस्तो के–के कुरामा ध्यान दिने ?
आँखालाई सफा राख्ने । अरूले प्रयोग गरेको कपडा प्रयोग नगर्ने । आँखा छोएपछि साबुन पानीले हात धुने वा धेरै आँखामा हात नलैजाने ।

इन्फेक्सन हुनु भन्दा अगाडि बिहान बेलुका दिउँसो केही कुरामा ध्यान दिनु पर्छ की ?
सर्ने माध्यमबाट टाढा बस्ने । घरमै बसेको छ । कसैलाई आँखा पाकेको छ भने आफ्नो आँखा छुँदा हात धोएर छुने । मान्छेलाई हेरेर सर्ने त हैन ता पनि छोएर हो । छुँदा पनि इन्फेक्सन भएको मान्छेलाई छोए पनि आफ्ना आँखा छुँदा सफा हुनु पर्यो । हेरेरै त सर्दैन त्यसैले चस्मा लगाएर हिँड्ने र यो इन्फेक्सन भएको बेला घाममा हिँड्न पनि सजिलो हुन्छ । कतिपय केटी मान्छेहरुले गाजलहरू एक अर्कामा सेयर गरेर लगाउँदा कसैलाई इन्फेक्सन भएको छ भने त्योबाट पनि सर्छ ।

सबैले जान्नै पर्ने केही छ त ?
अहिले इन्फेक्सनको मौसम छ । भाइरल इन्फेक्सन धेरै फैलिएको छ । लक्षण हेरेर चाहिँ थाहा हुँदैन कुन कस्तो इन्फेक्सन हो भनेर । त्यसैले आफ्नो आँखामा रातो आएको छ, दुखेको छ अथवा केही परिवर्तन आएको छ भने तुरुन्तै अस्पताल गएर उपचार गर्नुपर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ६ : ५७ बजे

विश्वकप २०२६ मा फुटबलको कुन कुन नियम फेरियो ?

फुटबल समर्थकहरूले विश्वकप २०२६ मा केवल नयाँ च्याम्पियन मात्र होइन,

एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र

नेपालबाट भुटानसामु ११४ रनको लक्ष्य

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर– भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार