राष्ट्रिय अनुसन्धान विभागमा एआईजीको दरबन्दी थप, थापा र जोशीको बढुवा « Khabarhub

राष्ट्रिय अनुसन्धान विभागमा एआईजीको दरबन्दी थप, थापा र जोशीको बढुवा


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राष्ट्रिय अनुसन्धान विभागमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी)को एउटा दरबन्दी थप गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एक एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

बैठकले दरबन्दी थपेर अनुसन्धान निर्देशक (डीआईजी) हुतराज थापा र ओम जोशीलाई एआइजीमा बढुवा गरेको छ ।

बढुवाका लागि डीआईजीहरु हुतराज थापा, ओम जोशी, हरिहर पौडेल र सुनील ढकाल प्रतिस्पर्धामा थिए ।
सरकारले अघिल्लो बढुवाकै बरियतालाई कायम राख्दै दरबन्दी थप गरेर बढुवा गरेको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  १० : १५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको