सत्ता गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँडका आधारबारे छलफल « Khabarhub

सत्ता गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँडका आधारबारे छलफल


२६ श्रावण २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता गठबन्धनको कार्यदलले आगामी निर्वाचनमा सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुकाबीचमा सिट बाँडफाँटका विभिन्न आधारहरुबारे छलफल भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल भएको छ ।

गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट, उक्त निर्वाचनमा समानुपातिकतर्फ पाएको मत, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम, शीर्ष नेताहरुको सुनिश्चितता लगायतलाई आधार मानेर छलफल गरेको उनको भनाइ छ ।

आज छलफल भएका आधारहरुका बारेमा आ-आफ्नो दलमा छलफल गरेर पुनस् बैठक बस्ने सहमति भएको उनको भनाइ छ । बैठक साउन ३० गते बस्ने जनाइएको छ ।

समितिलाई साउन मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ । गठबन्धनका शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् । भने नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन् । कार्यदलको संयोजकमा कांग्रेस नेता सिटौला रहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १० : २७ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय