साउदीका लागि नेपाली राजदूत सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र  « Khabarhub

साउदीका लागि नेपाली राजदूत सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र 



दोहा – साउदी अरबका लागि नवनियुक्त नेपाली राजदूत नवराज सुवेदीले बिहीबार बेलुका साउदी विदेश मन्त्रालयका शिष्टाचार मामिलासम्बन्धी उप-मन्त्री खालिद फैसल अल-सेहलीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

साउदी प्रचलन अनुसार विदेश मन्त्री राजकुमार फैसल बिन फरहान अल साउदको तर्फबाट शिष्टाचार मामिलासम्बन्धी उप-मन्त्री खालिद फैसलले राजदूत सुवेदीको ओहोदाको प्रमाणपत्र बुझेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत सुवेदी र उप-मन्त्री खालिद फैसलबीच नेपाल र साउदी अरबबीच रहिआएको सुमधुर सम्बन्धका विविध पक्षहरूका सम्बन्धमा कुराकानी भएको बताइएको छ ।

नव नियुक्त राजदूत सुवेदी बुधबार बिहान हिमालय एयरलाइन्सको उडानबाट राजधानी रियाद पुगेर अपराह्न नेपाली दूतावास रियादमा कार्यभार सम्हालेका थिए ।

दूतावासमा आयोजित कार्यक्रममा उनलाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरूले स्वागत गरेका थिए । सो अवसरमा दूतावासको तर्फबाट नियोग उपप्रमुख दिलिप पौडेलले दूतावासको सेवा प्रवाहबारे जानकारी गराएका थिए ।

यसअघिका राजदूत महेन्द्र सिंह राजपूत कार्यकाल सकाएर नेपाल फर्किएपछि लामो समयदेखि साउदीमा नेपाली राजदूतविहीन थियो ।

नयाँ राजदूत साउदी अरब पुगेसँगै त्यहाँ कार्यरत हजारौँ नेपाली श्रमिकहरूले आफ्नो हितमा काम हुने अपेक्षा राखेका छन् ।

साउदीमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ७ : २० बजे

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर