सुनको मूल्य बढ्यो, चाँदीको स्थिर « Khabarhub

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बिहीबार प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ११ : १६ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको