सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता « Khabarhub

सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो ।

सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे ।

सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए ।

उनले संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्त अनुरूप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे ।

सभामुख सापकोटाले चैत २०७८ मा चीनको राष्ट्रिय जनकंग्रेसका महामहिम अध्यक्ष लि चाङ्सुसँग भर्चुअल छलफल भएको स्मरण गर्दै संसदीय मैत्री समूह, संसद्–संसदबीच उच्चस्तरीय भ्रमण एवं अनुभव आदानप्रदान गरी सम्बन्धलाई अझ विस्तार र सुदृढ गर्न सकिने धारणा राखे ।

सभामुख सापकोटाले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगका साथै कोभिड १९ र ठूला प्राकृतिक विपत्तिमा नेपाललाई भएको सहायताका लागि धन्यवाद दिए ।

साथै भेटमा उनीहरुहरुबीच दुई देशबीचका व्यापारिक नाका सुचारु गराउने सम्बन्धमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरिन् । साथै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको बताइन् ।

राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : ३० बजे

स्पेनिश ला लिगा : रोबर्ट, लामिन र मार्कको गोलमा बार्सिलोना विजयी

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना

विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल : कस्तो होला बलिङ र ब्याटिङ ?

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज

‘अर्को हप्ता अमेरिकामा वार्ता, जुनसम्ममा रुस-युक्रेन युद्ध अन्त्य गर्न दबाब’

किएभ- युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

काठमाडौं – सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर