साँझ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

साँझ ५ बजेसम्मका मुख्य १० समाचार


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

 १ .  मिटरब्याज सम्बन्धी अपराध  नियन्त्रणका लागि कार्यदल गठन

सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ ।गृहमन्त्री  बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन्  ।

कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यारोका वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीका अपराध अनुसन्धान शाखाका उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्ठा रहेका छन् ।

कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारकहरू तथा समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिइएको छ ।

 २ . ‘शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सबै निकाय प्रतिबद्ध हुनुपर्छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सबै निकाय प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।  अन्तराष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले  आज  काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरूको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषद्ले पाएको भन्दै शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सबै निकाय प्रतिबद्ध हुनुपर्ने  बताएका हुन् ।

उनले उनले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रबर्द्धन विकास निर्माणमा युवा सहभागितालाई बढाउनुपर्ने धारणा राखे । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने कार्यभार युवाहरूमा रहेको  बताए । उनले देशलाई विश्वको समृद्ध राष्ट्रको देशमा रूपान्तरण गर्नुपर्ने आजको आवश्यकता रहेको   औँल्याए

अन्तरपुस्ताको ऐक्यबद्धता  सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराका साथ अन्तराष्ट्रिय युवा दिवस मनाइएको हो । युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।

३.  होउ यान्छी र सभामुख सापकोटाबीच भेटवार्ता 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । लैनचौरस्थित सभामुखको सरकारी निवासमा  आज बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।भेट दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको  थियो ।

सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे , सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको  धारणा राखे  ।

भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरिन् । । साथै उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको बताउँदै  आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त  गरिन्  । 

 ४ . मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन अन्त्य 

मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन  अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन  गएराति देखि लागू हुनेगरि अन्त्य गरेका हुन्  ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले गएराति १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यही २०७९ जेठ १९ गतेदेखि सुरु भएको प्रदेशसभाको नवौँ अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्वपूर्ण आठ विधेयक पारित गरेको सचिव यादवले बताए

५ . थप ७ सय ८१ जनामा कोरोना पुष्टि

नेपालमा थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ९० पिसिआर परीक्षणका क्रममा ४ सय १९ जना र २ हजार ४ सय २२ एन्टीजेन परीक्षणका क्रममा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप ५ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७४ हजार ८ सय ६ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ७ सय ७५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

६. लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने 

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्रधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो । सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ ।

हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले बताए । उत्पादित सौर्य ऊर्जालाई मध्यमस्र्याङदीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सौर्य ऊर्जाबाट उत्पादित दुई मेगावाट डिसी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिँदा १ दशमलव ६ मेगावाट हुने आयोजनाले जनाएको छ । सौर्य ऊर्जा उत्पादनका लागि जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको १८ हजार दुई सय १३ वर्ग किलोमिटर जमिन प्रयोगमा ल्याइने छ ।

सौर्य विद्युत उत्पादनका निम्ति जर्मन सरकारले जर्मनी बैंक केफए डब्लूमार्फत नेपाल विद्युत प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भएको हो ।

७.  .करारमा इन्जिनियर र डाक्टरलाई जागिर खुवाउँदै काठमाडौं महानगर

काठमाडौं महानगरले करारमा इन्जिनियर, डाक्टर र नर्सलाई रोजगारी दिने तयारी थालेको छ । महानगरले ३२ इन्जिनियर, २५ डाक्टर र २५ नर्स करारमा राख्ने तयारी गरेको हो ।

शुक्रबारको कार्यपालिका बैठकमा मेयर बालेन्द्र साहले उक्त एजेन्डा पारित गर्ने तयारी भए पनि कार्यपालिका सदस्यले फोहोरको विषय उठान गरेका थिए । शुक्रबारको कार्यपालिकामा प्रस्तुत गरिएका १३ मध्ये फोहोर व्यवस्थापनको एजेन्डामा मात्रै छलफल भएको छ ।

 ८. शीतल निवास अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास

न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् । निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् ।

त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

९. द्धन्द्धका कारण ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु

इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनाहरुमा  यस वर्षको शुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

इजरायल र  प्यालेस्टाइनबीचको  द्धन्द्धका कारण यस वर्षको शुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको  मानव अधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्तिमार्फत बताएका हुन् ।

गत हप्ता मात्रै कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रमा १९ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको थियो । यस्तै गत मङ्गलबार कब्जा गरिएको वेस्ट बैंकमा इजरायली कारबाहीमा थप दुई बालबालिका मारिएका अल जजीराले जानकारी दिएको छ ।  यस्तै इजरायली आक्रमणमा १५१ बालबालिका, ५८ महिला र १९ वृद्धवृद्धासहित सर्वसाधारण नागरिक घाइते भएका छन्।

 १० . डेफो एकेडेमीको कोचिङ स्टाफको रुपमा टोटेनहममा फर्किए  

टोटेनहमले  आज डेफो एकेडेमीको कोचिङ स्टाफ र क्लब एम्बासडरको रुपमा क्लब फर्किएको जनाएको छ । इंग्ल्यान्डका पूर्व स्ट्राइकर डेफोले २०१४ मा टोटेनहम छाडेका थिए । त्यसअघि उनले टोटेनहमका लागि ३ सय ६३ खेलमा १ सय ४३ गोल गरेका थिए ।

त्यसबाहेक उनले बर्नेमाउथ, वेस्ट ह्याम, टोरन्टो, सन्डरल्याण्ड, पोर्ट्समाउथरेन्जर्सबाट खेलेका छन् ।

 

 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ५१ बजे

आज २०८१ साल चैत २ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत २ गते शनिबार चैत

स्ववियु निर्वाचन : त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

मनाङ – हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा – गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा