जुम्लामा गाईजात्रा : के हाे विम्ब खडा गर्ने परम्परा ? « Khabarhub

जुम्लामा गाईजात्रा : के हाे विम्ब खडा गर्ने परम्परा ?


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको पाइन्छ । नेवार समुदायले मनाउने यो पर्व भए पनि पछिल्लो समयमा जुम्लाका सबै समुदायका नागरिकले मनाउँदै आएका छन् ।

संस्कृतिविद् रामा नन्द आचार्यका अनुसार हिन्दु धर्ममा गाई पवित्र जनावर हो । ‘हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो जात्रा मनाइएको हो,’ उनले भने । नेवारी भाषामा यो पर्वलाई सापारू भनिन्छ।

साको अर्थ गाई र पारू को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ । गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ ।

त्यस्तै यस पटकको गाईजात्राको अवसरमा स्वर्गीय लाल बहादुर थापा र स्वर्गीय मिम बहादुर सुनारको घरबाट गाई निकालिएको जात्रा समितिका कोषाध्यक्ष महेन्द्र कार्कीले बताए । उनका अनुसार दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको घरबाट निकाल्दा मृतकको आत्माको चिरशान्तिको कामना गर्ने प्रचलन रहिआएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ८ : २९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको