सहमति कायम गरेर नै नागरिकता विधेयक पारित गरिएको हो : गृहमन्त्री खाण « Khabarhub

सहमति कायम गरेर नै नागरिकता विधेयक पारित गरिएको हो : गृहमन्त्री खाण


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा सहमति भएका विषयलाई समेटेर नै सरकारले सदनमा पेस गरेर पारित गरेको बताएका छन् । उनले वर्षैदेखि नागरिकताविहीन युवाहरुको भावनालाई सम्बोधन गर्न सरकारले दलहरुबीच सहमति गरेर विधेयक सदनबाट पारित गरेको बताए ।

उनले भने, ‘बाबुआमा नेपालमा रहेको तर छोराछोरी नागरिकताविहीन हुँदा राज्यबाट पाउनुपर्ने सबै अधिकारबाट वञ्चित युवाहरुको भावनाअनुसार विधेयक पास गरिएको हो ।’

गृहमन्त्री खाणले १० वर्ष उमेरमाथिका कोभिड–१९ विरुद्ध पहिलो शृङ्खलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चितता रुपन्देही जिल्ला घोषणा कार्यक्रम घोषणा गर्दै सरकारले सबै दलका नेताहरुसँग गहन छलफल गरेर यो विधेयक सदनमा अघि बढाएकोसमेत बताए ।

उनले नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिकामा स्वीकृतका लागि पठाइएको र यो विधेयक छिटो स्वीकृत होस् भन्ने आम नेपाली जनताको चाहना रहेको उल्लेख गरे । उनले नेपालका हिमाल, पहाड र तराई जुन भूभागमा बसोबास गरेको छ त्यहीकै समुदायले नै भूगोलको रक्षा गरेको चर्चा गर्दै नेपाली भाषा, संस्कृति र भूगोलको रक्षा गर्ने वास्तविक नेपाली नागरिक नै राष्ट्रियताको संरक्षक भएको बताए ।

गृहमन्त्री खाणले सबैको सामूहिक प्रयासबाट नै कोभिड–१९ जस्तो महामारीलाई नियन्त्रण गर्न सकिएको भन्दै यसबाट जस्तोसुकै पनि विपद्लाई सामना गर्ने क्षमता नेपाली जनता र राज्यमा बढेको बताए । कोभिड–१९ का कारण देशमा सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई परेको र यसबाट लुम्बिनी क्षेत्रको पर्यटन पनि प्रभावित रहेको उनको भनाइ थियो । उनले स्वास्थ्य क्षेत्रमा न्यूनतम पारिश्रमिक लिएर खटिने स्वास्थ्य स्वयंसेविकाहरुलाई तीन तहका सरकारले मिलेर निश्चित पारिश्रमिक तोकिदिन आग्रहसमेत गरे ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीद्वारा आयोजना गरिएको कार्यक्रममा १२ वर्ष उमेरमाथिको कोभिड–१९ विरुद्ध पहिलो शृङ्खलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चतता गरेको जानकारी दिइएको थियो ।

 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : २७ बजे

पार्टीमा नेताको विरोध हुनु स्वाभाविक तर विरोधको नाममा मर्यादा नाघ्न पाइदैन : किशोरसिंह राठौर

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी

जेन-जीसहित भक्तपुरबासीलाई एमाले महाधिवेशन उद्घाटनमा आउन निम्तो

काठमाडौं- नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले पार्टीको शनिबार सल्लाघारीमा उद्घाटन

राप्रपा केन्द्रीय कार्यसमिति बैठक : जेन-जी विद्रोहदेखि आम निर्वाचनसम्म, यस्ता छन् १३ निर्णय

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तीनदिने केन्द्रीय कार्यसमिति बैठक

एमाले सचिवालय बैठक जारी, विधानमा हेरफेर र पदाधिकारी बढाउने प्रस्तावमा धारणा राख्दै नेताहरू

काठमाडौं- अढाई घण्टादेखि जारी नेकपा एमालेको सचिवालय बैठकमा विधान संशोधनको

भूमिमन्त्रीको पहिलो निर्णय- बाँझो जमिन उपयोग गर्ने नीति ल्याउँछु

काठमाडौं– नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह