एक महिनादेखि फोहोर नउठ्दा दुर्गन्धित बन्यो विर्तामोड « Khabarhub

एक महिनादेखि फोहोर नउठ्दा दुर्गन्धित बन्यो विर्तामोड


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहोरको डङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

फोहोर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा नगरको फोहरमैला उठाउन नसकिएको नगरपालिकाले जनाएको छ । फोहरमैला जताततै थुप्रिएर नगरमा दुर्गन्ध र सङ्क्रामक रोग फैलिने सम्भावना बढेको भन्दै उपभोक्ता जागरण अभियान झापाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

‘एक महिनादेखि नगरपालिकाले सहरबाट फोहर उठाएको छैन’, नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको उपभोक्ता जागरण अभियान झापाका सचिव विशाल थापाले भने, ‘अति भएपछि हामीले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेरै अविलम्ब फोहरमैला उठाउने व्यवस्था मिलाउन माग गरेका हौँ ।’

नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले फोहरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएका डम्पिङ साइटमा स्थानीयवासीको अवरोध जारी रहेकाले फोहर उठाउन नसकिएको बताए । कुहिने र नकुहिने गरी दैनिक छ ट्रयाक्टर फोहर बिर्तामोडको बजार, सडक र भित्री गल्लीमा जम्मा हुने गरेको उपप्रमुख सङ्ग्रौलाको भनाइ छ ।

उनले एक महिनामा फोहर व्यवस्थापनका लागि चारवटा स्थान तयार गरिएयता पनि नागरिक अवरोधकै कारण फोहोर विसर्जन गर्न नसकिएको बताए । उनले फोहरमैला विसर्जनलाई विर्तामोड नगरपालिका–७ र ८, कनकाई नगरपालिका–१ र बाह्रदशी गाउँपालिका–७ का बासिन्दाको निजी जमिन लिजमा लिएर फोहोर मैला विसर्जन गर्ने तयारी गरेको जानकारी दिए । तर ती सबै स्थानमा स्थानीयले अवरोध पुर्याएका छन् ।

फोहोर मैला व्यवस्थापनको कार्य विर्तामोड नगरपालिका एक्लैले गर्न नसक्ने अवस्था आइसकेको छ । विगत पाँच वर्षभरि फोहरमैला विसर्जनका लागि स्थायी प्रकृतिको डम्पिङ साइट सञ्चालनमा स्थानीयले अवरोध पु¥याएपछि बाध्य भएर नगरका तत्कालीन प्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नै जग्गामा खाल्डो खनेर फोहोर परेको थियो ।

नगरकी प्रमुख पवित्रा महतराले छिमेकी पालिका मेचीनगर, अर्जुनधारा, बाह्रदशी र कनकाईसँग मिलेर साझा डम्पिङ साइट खोज्न आवश्यक रहेको बताए । उनले फोहरमैला व्यवस्थापनका लागि छिमेकी पालिकाका जनताले पनि साथ दिनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १० : २९ बजे

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो