सात फोटोको सेरोफेरो [फोटोफिचर] « Khabarhub

फूर्सदको शनिबार

सात फोटोको सेरोफेरो [फोटोफिचर]



काठमाडौँ : आज शनिबार । साताको बिदाको दिन विभिन्न ठाउँ घुमेर फूर्सद मनाउने दिन । त्यसमाथि हप्ताभरीको थकान मेट्ने काम पनि शनिबार नै हुन्छ । घुम्ने विकल्प र ठाउँहरु छन् । त्यसमाथि केही उपयुक्त गन्तव्यका फोटो हामी तपाईलाई पस्किदैछौँ ।

काठमाडौँ उपत्यका आसपासदेखि उपत्यका वरपरका जिल्लामा घुम्ने धेरै गन्तव्य छन् । घुम्ने कुरा मात्रै होइन, हिड्दै जाँदा, गन्तव्यमा अनेक दृश्य देखिन्छन् । जुन दृश्य केवल दृश्य हुँदैनन् । आम मानिसको ध्यान तान्ने खालका परिदृश्य हुन्छन् ।

काठमाडौँ उपत्यकाभित्रकै मानिसहरुको आम दैनिकी र उपत्यका वरपर जाँदा देखिएको केही दृश्य हामी तपाईलाई देखाउँदैछौँ । जसमा काठमाडौँ, ललितपुर, भक्तपुरदेखि चितवनसम्मको यात्रामा भेटिएका केही दृश्य यहाँ प्रस्तुत गरिएको छ ।

यो चितवनबाट देवभाट जाँदा त्रिशुली नदीमाथि देखिने झोलुंगे पुल नजिकको दृश्य हो । बिहान उदाउँदो सूर्य र बेलूकी अस्ताउँदो सूर्यको बेला यो दृश्य मनमोहक देखिने गरेको छ ।

यो एकजोडी परेवाको दृश्य नवलपरासीको कालिका मन्दिरको हो । मन्दिरमा मन शान्ति र ग्रह दशा काट्नका लागि कतिपयले जोडी परेवा दान दक्षिणा दिएर उडाउँछन् । 

रसुवाको गोसाईकुण्ड । जसको नाम नै काफी छ । अग्लो पहाड र गहिरो ठाउँको तालमेल मिलाएर अवस्थित यो तालको आफ्नै विशेषता र सुन्दरता छ । जनैपूर्णिमाको दिन यो तालमा विशेष मेला लाग्ने गर्छ ।

चितवन राष्ट्रिय निकुञ्ज गैँडा पाइने ठाउँका रुपमा परिचित छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने अधिकांश पर्यटक गैँडा हेर्ने गर्छन् । यो जोडी गैँडा गर्मीमा खोलामा डुबुल्की मार्दै आफ्नो थकान मेटिरहेका छन् ।

काठमाडौँ उपत्यकाभित्र बौद्ध एउटा विशेष गन्तव्य हो । खासगरि बिहान वा बेलूकी त्यसमा पनि बत्ती बालेको बेला बौद्ध परिसर मान्छेले भरिभराउ हुन्छ । बेलूकीपख बौद्ध परिसर वरपरका रेन्टुरेन्टमा चिया खाँदै बौद्धको फोटो खिच्नेको भीडभाड नै हुन्छ ।

भक्तपुर शिल्पकारले भरिएको ठाउँ हो । जहाँ धेरै शिल्पकारले आ–आफ्नो सीप र क्षमताअनुसारको सामग्री बनाउँछन् । यो चाँही एक जना शिल्पकारले माटोको भाँडा बनाउँदै गरेको दृश्य हो ।

 

सबै फोटो : शसिन्द्र गौतम

 

 

 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ५९ बजे

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र