सामुन्द्रिक टापु ताइवानको सुन्दरता [फोटोफिचर] | Khabarhub Khabarhub

विश्व पर्यटन

सामुन्द्रिक टापु ताइवानको सुन्दरता [फोटोफिचर]

जसलाई चीनले छेक्न सक्दैन, पर्यटकको मन रोक्न मान्दैन !


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चीनले वर्षौदेखि अधिपत्य जमाइरहेको ताइवान एक स्वतन्त्र देशका रुपमा चिनिन चाहन्छ । यसका लागि उसले सबैथोक कोसिस पनि गरेको छ । तर चीन स्वशाषित परिधिबाट ताइवान उठ्न सकेको छैन ।

ताइवानमा सँधै स्वतन्त्रताको विषय उठिरहेपनि चीन त्यसलाई स्वीकार गर्न चाँहदैन । तर ताइवानका केही ठाउँ यति राम्रा छन्, जसलाई सुन्दर रहिरहन कहिल्यै स्वतन्त्रता चाँहिदैन । फेरिदो मौसम, समुन्द्री तट, हावापानी, बौद्ध धर्मावलम्बीको बहुमत र बहुसांस्कृतिक पक्षले ताइवान सँधै पर्यटकको नजरमा परिरहन्छ ।

तर सुरक्षित भने मानिदैन । चीनको सँधै दबदबा रहिरहने भएका कारण ताइवान चाहेर पनि आफ्नो देशमा पर्यटकलाई स्वतन्त्र रुपमा घुम्न दिन सकिरहेको छैन । यद्यपी ताइवान जो पर्यटक पुगेका छन् । उनीहरु मन भरि सन्तुष्टि र सुन्दरता बोकेर फर्किन्छन् ।

ताइवानका सुन्दर ठाउँहरुमा ताइपेई, सुनमुन ताल, तारोको राष्ट्रिय निकुञ्ज, तेइनान, लुकाङ लगायत छन् । प्राय विदेशी पर्यटक ताइवानका यी ठाउँ पुग्ने गर्छन् ।

यस्तै एलिशान, केन्टिङ, किनमेन आइसल्याण्ड, वुलाई, काउसुङ लगायतका छन् । यी क्षेत्रलाई ताइवानका चर्चित १० पर्यटकीय गन्तव्यका रुपमा पनि लिइन्छ ।

ताइवान फन्को लगाएपछि पर्यटकहरु सोध्ने पनि गर्छन्, ‘यति सुन्दर देशको विशाल छातीमा आखिर चीनको चेहरा किन देखिन्छ ?’ ताइवानका लाखौँ मानिसहरु एउटा सुन्दर टापुमा जसरी बाँचिरहेका छन् । त्यसरी नै स्वतन्त्रताका लागि संघर्ष पनि गरिरहेका छन् ।

उनीहरुको त्यो स्वतन्त्रताको आन्दोलन ताइवानको सुन्दरता बचाउन सक्षम र सफल रहन्छ वा रहँदैन, त्यो एकिन छैन । तर ताइवानले स्वतन्त्रता पाएको दिन समुन्द्रले घेरिएको टापुको देशमा अर्को सुन्दरता थपिने पक्का छ ।

(फोटो स्रोत : सीएनएन, प्यान्ड्रोट्रिप, टूरपिया, कल्चरट्रिप, ड्रिम्सटाइम डटकम)

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ८ : १८ बजे

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु