पहिरोले २८ परिवार विस्थापित « Khabarhub

पहिरोले २८ परिवार विस्थापित


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा- सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा पहिरोका कारण २८ परिवार विस्थापित भएका छन् ।

एकसाता यता परेको वर्षापछि गएको पहिरोले जिल्लाका २८ परिवार विस्थापित भएको स्थानीयवासी मक्करध्वज राईले बताए।
“पहिरोले अन्नबाली र अलैँची सखाप पारेको छ”, उनले भने “पीडित परिवार उद्धारको पर्खाइमा छन् ।”

घरमा बस्न सक्ने अवस्था नहुँदा विस्थापित परिवार नजीकैको खुला ठाउँमा बसेका छन् । घरमा भएको अन्नपात सकिएपछि उनीहरुलाई के खाने भन्ने चिन्ता परेको राईले बताए । स्थानीयवासी शैलेन्द्र राईले पहिरोका कारण बाटोघाटो भन्द भएको बताए । खानेपानीको मुहानसमेत पहिरोले बगाएको छ । “आकाशेपानी सङ्कलन गरेर पिउने गरेका छौँ”, उनले भने ।

पेपुवाबाट मकालु गाउँपालिकाको केन्द्रसम्म पुग्न सात घण्टा लाग्छ । उनीहरु किनमेल गर्न नुम र हेदाना बजार पुग्न सकिरहेका छैनन् । पहिरो पीडितका लागि मकालु गाउँपालिकाले राहत सामग्री सदरमुकाम खाँदबारीमा तयारी अवस्थामा राखेको प्रजिअ जीवनप्रसाद दुलालले बताए ।
गाउँपालिकाले विस्थापितका लागि चामल ११७ बोरा, दाल १२ बोरा, एक सय किलो नुन, पाइप, पानी राख्ने ट्याङ्की र ७४ त्रिपाल खरीद गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : २७ बजे

घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

भद्रपुर– झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट गम्भीर

‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक असन्तुष्टि र सम्भावित

मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’

काठमाडौं – मोडल डली गुरुङ याक्थुम्बा पाचौं संस्करणको ‘मिसेस नेपाल

राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन्

काठमाडौं- भारतको लोकसभामा प्रतिपक्षी नेता राहुल गान्धीले आन्दोलनरत विद्यार्थीलाई आतङ्ककारीको