उत्तर कोरियामा अनिवार्य मास्कको प्रावधान हटाइयो « Khabarhub

उत्तर कोरियामा अनिवार्य मास्कको प्रावधान हटाइयो


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – उत्तर कोरियाले अनिवार्य मास्कको प्रावधान हटाएको छ । कोभिड—१९ संक्रमणका घटना कमी भएपछि सरकारले मास्क लगाउनुपर्ने प्रावधान हटाएको हो । यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङले कोभिडमाथि विजय हाँसिल गरेको घोषणा गरेका थिए ।

नेता किम स्वंयम कोभिडबाट संक्रमित भएको बताइएको थियो । यसै साता प्योङयाङले दक्षिण कोरियाले सीमावर्ती क्षेत्रमा जानी जानी संक्रमण पठाइदिएको आरोप लगाएको थियो । उसले आवश्यक भएमा दक्षिण कोरियाली अधिकारीहरूलाई निर्मूल पार्ने चेतावनी दिएको थियो ।

देशमा सिर्जना भएको जनस्वास्थ्य संकट पूर्णतया निस्क्रिय भएको प्योङयाङको आधिकारिक समाचार संस्था कोरिया सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ। सम्पूर्ण क्षेत्रलाई सबैभन्दा छोटो अवधिमा घातक भाइरसबाट मुक्त गरिएपछि भाइरस प्रतिबन्ध सहज बनाइएको उक्त संस्थाले जनाएको छ ।

उत्तर कोरियामा कोभिडबाट मृत्यु हुने मानिसको यकिन तथ्यांक सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ११ : ५६ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय