पञ्चदेवल विनायकमा अझै बजेट सार्वजनिक भएन « Khabarhub

पञ्चदेवल विनायकमा अझै बजेट सार्वजनिक भएन


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अन्तरसरकारी वित्त ऐन ०७४ अनुसार संघीय सरकारले १५ जेठ र स्थानीय तहहरूले १० असारभित्रै बजेट प्रस्तुत गरिसक्नु पर्छ । ऐनअनुसार अछामका १० स्थानीय तहमध्ये नौ वटाले बजेट सार्वजनिक गरेका छन् । तर, यहाँको पञ्चदेवल विनायक नगरपालिकाले भने अझैसम्म पनि बजेट सार्वजनिक गरेको छैन् । नगरपालिकाको नगरसभा समेत हुन सकेको छैन् ।

स्थानीय १५ वर्षीय किशोर विनोद शाहीको हत्याको आरोपमा नगर प्रमुख अम्बिका चलाउनेमाथि मुद्दा दर्ता भएपछि नगरको सम्पूर्ण कामकाज रोकिएको छ । यही कारण नगरसभा समेत हुन सकेको छैन । नगर प्रमुख अम्बिका चलाउनेले बजेटको विषयमा कुनै विवाद नभए पनि पञ्चदेवल विनायक घट्ना कारण बजेट निर्माण ढिलाई भएको बताउँछन् । उक्त घट्नाका विषयमा आन्दोलनरत पक्षसँगै केही सम्झौता भएपछि अब बजेट निर्माणको प्रक्रिया अघि बढेको उनले बताए । 

पञ्चदेवल विनायक घट्ना र स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि जिल्ला बाहिर जाँदा केही ढिला भएको नगर प्रमुख चलाउनेको भनाइ छ । अब १५ भदौभित्र बजेट ल्याउने तयारी भईरहेको उनले बताए । उनले बजेट निर्माण प्रक्रियाको लागि सम्पूर्ण विषयगत शाखाले तयारी गरिरहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १२ : ३१ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय