पञ्चदेवल विनायकमा अझै बजेट सार्वजनिक भएन | Khabarhub Khabarhub

पञ्चदेवल विनायकमा अझै बजेट सार्वजनिक भएन


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अन्तरसरकारी वित्त ऐन ०७४ अनुसार संघीय सरकारले १५ जेठ र स्थानीय तहहरूले १० असारभित्रै बजेट प्रस्तुत गरिसक्नु पर्छ । ऐनअनुसार अछामका १० स्थानीय तहमध्ये नौ वटाले बजेट सार्वजनिक गरेका छन् । तर, यहाँको पञ्चदेवल विनायक नगरपालिकाले भने अझैसम्म पनि बजेट सार्वजनिक गरेको छैन् । नगरपालिकाको नगरसभा समेत हुन सकेको छैन् ।

स्थानीय १५ वर्षीय किशोर विनोद शाहीको हत्याको आरोपमा नगर प्रमुख अम्बिका चलाउनेमाथि मुद्दा दर्ता भएपछि नगरको सम्पूर्ण कामकाज रोकिएको छ । यही कारण नगरसभा समेत हुन सकेको छैन । नगर प्रमुख अम्बिका चलाउनेले बजेटको विषयमा कुनै विवाद नभए पनि पञ्चदेवल विनायक घट्ना कारण बजेट निर्माण ढिलाई भएको बताउँछन् । उक्त घट्नाका विषयमा आन्दोलनरत पक्षसँगै केही सम्झौता भएपछि अब बजेट निर्माणको प्रक्रिया अघि बढेको उनले बताए । 

पञ्चदेवल विनायक घट्ना र स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि जिल्ला बाहिर जाँदा केही ढिला भएको नगर प्रमुख चलाउनेको भनाइ छ । अब १५ भदौभित्र बजेट ल्याउने तयारी भईरहेको उनले बताए । उनले बजेट निर्माण प्रक्रियाको लागि सम्पूर्ण विषयगत शाखाले तयारी गरिरहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १२ : ३१ बजे

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा – खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड

शेखर कोइरालाले भने : सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्छ

तनहुँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)