शिक्षा क्षेत्रका लागि बजेट कम हुन नदिने मन्त्री पौडेलकाे प्रतिवद्धता « Khabarhub

शिक्षा क्षेत्रका लागि बजेट कम हुन नदिने मन्त्री पौडेलकाे प्रतिवद्धता


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा क्षेत्रको विकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको विद्यालय शिक्षा र नजितासम्बन्धी छलफल कार्यक्रममा मन्त्री पौडेलले शिक्षा मन्त्रालयमा प्रयाप्त बजेट बिनियोजन नभएपनि शिक्षा क्षेत्रको विकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता जनाएका हुन् । 

मन्त्री पौडेलले संघले छुट्टाउने एक नम्बरको बजेट शिक्षा कै भएको उल्लेख गरे । उनले सबै मिलेर नेपालको शिक्षा क्षेत्रको गुणस्तर बढाउदै अन्तराष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए । उनले तीन वर्षभित्र विद्यालयको भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिए । 

१० वर्षे शिक्षा सुधारको कार्ययोजनालाई कार्यान्वयन गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाई छ । उनले शिक्षा क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीलाई राज्यले उपेक्षा नगर्ने र नाफाको प्रतिशत कम लिएर सेवा दिनुपर्ने मान्यता रहेको बताए । 

मन्त्री पौडेलले शिक्षा क्षेत्रको पछिल्लो रिपोर्ट हेर्दा केही सच्याउनुपर्ने अवस्था देखिएको पनि बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ३७ बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६