‘देशलाई कांग्रेस र कम्युनिष्टको चक्रव्यूहबाट निकाल्नुपर्छ’ « Khabarhub

‘देशलाई कांग्रेस र कम्युनिष्टको चक्रव्यूहबाट निकाल्नुपर्छ’


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टको चक्रव्यूहबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र कम्युनिष्टका कारण मुलुक बबार्दीतर्फ गइरहेको भन्दै उनीहरूको चक्रव्यूहबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका हुन् ।

लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको भन्दै अबको निर्वाचनमा जनता सचेत हुनुपर्ने उनले बताए । उनले मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह गरे । लिङ्दनेले देशलाई सही दिशामा अघि बढाउन श्रीलंकाको जनताजस्तो हालतमा लाठी नभई स्वस्तिक छापलाई सही ढंगले प्रयोग गर्नुपर्ने जिकिर गरे ।

उनले नेपाली जनता भएर दलदलमा फसेको देशलाई निकाल्न सबैले प्रण गर्नुपर्ने बताए । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : ४८ बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६