पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु  « Khabarhub

 पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु 


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राती पहिरो गएपछि बनेको भीरबाट खसेर सोही ठाउँका ४७ वर्षीय भोजकुमार राईको शनिबार मृत्यु भएको हो । 

भीरबाट करिब डेढ सय मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको स्थानीय जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए । उनी तल्लो गाउँमा झरेर घर निस्कनेक्रममा पहिरोबाट खसेका हुन् । 

करिब चार सय मिटर चौडाइमा फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा थुप्रिएको छ । पहिरो गएको ठाउँमा डरलाग्दो भिरालो भीर निस्किएको छ । आवत-जावत गर्ने मानव तथा गाईबस्तुलाई भीरबाट जोगाउन स्थानीयले पहिरोको शिरमा बाँसको घेराबार हालेका छन् । तर घेराबार नाघेर हिँड्ने क्रममा राई भीरबाट लड्न पुगेको प्रहरीले जनाएको छ । पहिरोले भौतिक क्षति भएको हप्ता दिनपछि नै मानवीय क्षति भएको अध्यक्ष राईले बताए । 

जलेश्वरीमा गएको पहिरोले एक करोड ५० लाखको क्षति भएको अनुमान गरिएको छ । पहिरोले साल, सल्ला र बाँस भएको वन, बारी, खरबारी, सडक लगायत बगाउँदा डेढ करोड बराबरको क्षति भएको अनुमान गरिएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई बताउँछन् । 

पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतका ११ घर उच्च जोखिममा परेको छ । स्थानीय जनकल्याण आधारभूत विद्यालय समेत जोखिममा परेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ७ : ५६ बजे

सलमान खानको ‘ब्याटल अफ गलवान’ले निम्त्यायो  विवाद, तथ्य बङ्ग्याएको आरोप

काठमाडौं– सन् २०२० मा गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच

बालेन्द्र लक्षित दीपकको कटाक्ष : ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं’

काठमाडौं – समानुपातिक उम्मेद्वारको सूचीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य, चिकित्सक भन्छन्- बेवास्ताले बढ्दै जोखिम

काठमाडौं– गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील

बियोन्से आधिकारिक रूपमा अर्बपति भइन्

काठमाडौं– विश्व संगीतको क्षेत्रमा आइकन बनिसकेकी बियोन्से गिजेल नोल्स अब

निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

मोरङ– गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको