रचनात्मक विद्रोह गर्न शेखर कोइरालालाई युवाहरूको सुझाव « Khabarhub

रचनात्मक विद्रोह गर्न शेखर कोइरालालाई युवाहरूको सुझाव


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेताहरूले शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न सुझाव दिएका छन् । शनिबार शेखर समूहका युवा नेताले ध्यानाकर्षपत्र बुझाउँदै रचनात्मक विद्रोह गर्न सुझाव दिएका हुन् ।

भातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिलाई मनोनयन गरेको भन्दै शेखर समूहका युवाहरूले असन्तुष्ट जनाएका हुन् । देउवा एकलौटी चल्दा पनि आफ्नो समूहका नेताहरूले त्यसविरुद्ध ठोस कदम नचलाएको आरोप शेखर पक्षका युवाको रहेको छ ।

युवा नेताहरूले नेताहरु धनराज गुरुङ, गगन थापा, अर्जुननरसिंह केसी, डा। रामशरण महत, बलबहादुर केसी, सहमहामन्त्रीद्वय बद्रि पाण्डे, जीवन परियार, पूर्व केन्द्रीय सदस्य हृदयराम थानी र नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण बुझाउनेमा निरञ्जन थापा,लक्ष्मी दाहाल, पुष्कर बास्तोला, बिष्णु खड्का, ई.अमृत ज्ञवाली, पेम्बा शेर्पा, ई.सागर पाण्डे, विश्व लामा र अधिवक्ता कौशिला गुरुङले नेता रहेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ८ : ४१ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट