'गठबन्धनमा एक अर्काको अस्तित्व स्वीकारेर जान्छौँ' | Khabarhub Khabarhub

‘गठबन्धनमा एक अर्काको अस्तित्व स्वीकारेर जान्छौँ’

निषेधको राजनीतिभन्दा सहकार्यमा विशेष जोड दिन्छौँ


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसदीय निर्वाचनको मिति घोषणा भएसँगै दल चुनावी रणनीति बनाउन सक्रिय छन्। केही नेता टिकटको दौडधुपमा लागेका छन्। खास गरेर सत्ता गठबन्धनमा रहेका नेताहरू टिकट पाउनका लागि पापड पेल्नुपर्ने स्थितिमा छन्। गठबन्धनमा जसले जहाँ जितेको छ, उसलाई त्यही छोडेर नयाँ भागबन्डा मिलाउने कि जितेको ठाउँको पनि भागबन्डा मिलाउने त ? भन्ने विषयमा दलका नेता छलफलमा छन्। यसले खासगरी मुख्य दलका मुख्य नेता र अरु दलका नेतालाई कसरी मिलाएर लैजान सकिन्छ ? भन्ने चासो र चिन्ता दलका शीर्ष नेतामा पनि छ। यो विषयमा जनता समाजवादी पार्टी के गर्दैछ ? यस विषयमा जसपाका प्रभावशाली नेता राजकिशोर यादवसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

निर्वाचनको मिति घोषणा भएपछि तपाईंहरुको दौडधुप पनि बढ्यो, सिट बाँडफाँडदेखि टिकट पक्का गर्ने रस्साकस्सी कत्तिको चलिरहेको छ ?
निश्चित रूपमा निर्वाचनको मिति घोषणा भएपश्चात् हामीले यो ५ वर्षभित्र गरेका कामलाई पुन जनताको बीचमा राखेर फेरि अगाडि बढ्नु पर्नेछ। सबै दललाई अहिले कसरी जित्ने भन्नेमा मात्र ध्यान छ। मुलत राष्ट्रिय राजनीति वर्गीकृत हुँदैछ। त्यसमा एउटा गठबन्धन गरेर जाने छ। त्यो भित्र विभिन्न फर्मूला छन्। एउटा जितेको ठाउँ, उम्मेदवारले पाएको मतका आधार र उम्मेदवारले गरेको राजनीतिमा लगानी यी कुराले सिट निर्धारण गर्ने हो।

गठबन्धनभित्रका दललाई जितेको ठाउँ, स्थानीय निर्वाचनमा पाएको मत व्यवस्थापन गर्न कसरी सजिलो हुन्छ, त्यसको आधारमा दल लागि परेका छन्। हामी पनि आफ्नो निर्वाचन क्षेत्रलाई सर्वेक्षण गर्दैछौँ। कसरी जाँदा बढी भन्दा बढी उपलब्धि हासिल गरिन्छ भन्ने विषयमा छलफल गर्दैछौँ।

तपाईंहरुको दाबी के के कुरामा हो , सिट बाँडफाँडमा मुख्य अडान वा बटमलाइन के हो ?
जितेको ठाउँ, उम्मेदवारले पाएको मतको आधार र उम्मेदवारले गरेको राजनीतिमा लगानी। यी तीन वटै कुरामा सबैको सहमति हुनुपर्दछ। यसमा हाम्रो दाबी रहन्छ भने मधेस प्रदेशमा प्रदेशको नेतृत्व पनि गरेको र विगतमा अरू दल भन्दा राम्रो उपस्थिति भएको हुनाले त्यो प्रदेशमा बढी सक्रियता रहन्छ। त्यसैगरी अरू प्रदेशमा कुनै ठूलो दल उठाउन सजिलो हुन्छ भन्ने हाम्रो आग्रह रहन्छ।

मधेसबाहेक अरू प्रदेशमा तपाईंहरुको जनाधार बलियो छैन, स्थिति नाजुक छ नि ?
संगठनको घनत्व जहाँ जुन प्रकारले भएको छ। त्यहाँ हाम्रो वातावरण छ। अरु ठाउँमा हामी कमजोर छौं। तर, अरू ठाउँमा भएका कमजोर दललाई सर्पोट गछौँ। एकले अर्काको अस्तित्वलाई सम्मान गरेर अगाडि जाने भएर नै गठबन्धन भएको हो। नभए एक्लै चुनावमा जाने अवस्था हुन्थ्यो।

चुनावमा तपाईंहरुले जसपाबाट कति सिट दाबी गर्ने तयारी छ ?
पहिला त आवेदन कसरी प्रस्तुत हुन्छन् भन्ने सवाल छ। सबैको सहमतिको आधारमा गर्ने हो। ६ दलीय सात दलीय गठबन्धनको कुरा भएको छ, त्यसमा सबैको भागबन्डा हुन्छ। सबै दलहरूले सहमतिको आधारमा एकले अर्कालाई कसरी परिपूरक काम गर्न सकिन्छ, त्यसमा हाम्रो जोड रहन्छ।

गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी पनि आउने चर्चा छ, त्यसलाई जसपाले कसरी लिएको छ ?
राष्ट्रिय राजनीति गठबन्धनमय बनेको छ। पार्टी गठबन्धनमा जुन परिस्थितिबाट निर्माण भएको छ। हामी त्यसमा आफ्नो शक्तिलाई सञ्चय गर्न लाग्छौ। निषेधको भन्दा पनि सहकार्यलाई विशेष ध्यान दिन्छौ। सिट बाँडफाड भन्दा पनि अहिले हाम्रो ध्यान भनेको हामीले जुन लक्ष्य प्राप्त गर्न खोजेका छौँ। जुन मुद्दालाई स्थापित गर्न खोजेका छौँ, त्यसलाई स्थापित गर्न सबै जना मिलेर जानु पर्दछ।

लोकतान्त्रिक समाजवादी आएर हामीलाई कुनै फरक पर्दैन। नेपालको राजनीतिमा दल एकता र विभाजन भइरहेको हो। हामीले एकसाथ आन्दोलन र एउटै मुद्दा उठान गरेको छौँ। त्यसैले त्यो वैचारिक सैद्धान्तिक भन्दा पनि कार्यगत र व्यक्तित्वको टकराबले गर्दा धेरै कालखण्डमा यस्ता घटनाहरू घटेका छन्। कहिले फुटेका हुन्छौं, कहिले जुटेका हुन्छौँ।

बाबुराम भट्टराईलाई व्यक्तिगत टकराबका कारण वा विचार नमिलेर लखेट्नु भएको हो कि अरू नै कारण छ ?
हामी एउटा विकल्पको रूपमा अहिले नयाँ शक्ति वा बढी भन्दा बढी शक्तिmहरूलाई रूपान्तरण गर्दै जान खोजेका छौँ। त्यसमा मिलेर अगाडि बढ्ने हो, लखेट्ने भन्ने हुँदैन। कार्यशैली व्यक्तित्वको र कार्यशैलीको फरक हुँदै गयो। त्यसैले कुन विषयलाई कति महत्त्व दिने भन्नेबारे अहिले सबै पार्टीभित्र वैचारिक शैली र अन्तर्विरोध छ। त्यसको आधारमा सवाल उठाएर उहाँहरू बाहिरिनु भएको हो।

तपाईं प्रत्यक्ष चुनाव लड्नु हुन्छ कि समानुपातिकबाटै जानुहुन्छ ?
हामी जस्तो पार्टीको लागि प्रत्यक्ष रूपमा नै लड्ने र जनतासामु गएर निर्वाचित भएर आउँछौँ। समानुपातिक त अरू साथीको लागि हो। सिराहा क्षेत्र नम्बर ५ को सांसद भएको हुनाले म त्यो क्षेत्रबाट नै लड्छु। किनकी त्यहाँ पहिलो हक हाम्रो लाग्छ।

चुनावी एजेन्डा के-के छन् ?
गरेको कामको मूल्याङ्कन जनताले गर्दछन्। सोचेको जस्तो काम त भएन। किनभने कोभिडले खाइदियो। मन्त्री पाउनु भनेको जिम्मेवारी पाउनु हो। मन्त्री भएको भए यो क्षेत्रका लागि मात्र नभई देशकै लागि काम गर्न सकिन्थ्यो। सबै जनाले एकैपटक मन्त्री बन्न पाउँदैन। त्यसमा पनि यो वर्ष कोभिडले पनि अर्थतन्त्रलाई डामाडोल बनायो। राजनीति पनि तरङ्गित गरायो। सबै काम गर्न सकिएन। तथापि एउटा प्रतिनिधिले जसरी जनताको लागि अगाडि बढ्नु पर्ने हो। अहिले तीन तहको सरकार छ। हिजोसम्म के थियो भने सबै विकासका कामहरू संघीय या केन्द्रीय प्रतिनिधिको मात्र हुन्थ्यो। जबकी विकासका आधारभूत कुरा स्थानीय सरकारले बजेट र जिम्मेवारीमा गइसक्यो। त्यहाँ प्रदेश सरकार छ। नीतिको सवालमा राष्ट्रिय नीति निर्माण कानुनमा खेल्नुपर्ने भूमिका एउटा प्रतिनिधिको नाताले सन्तोषजनक छ। (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ५७ बजे

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक

फोहरको थुप्रोमा खानेकुरा बनाउने गरेको एलिनाज क्याफेलाई जरिवाना

काठमाडौं – फोहरको थुप्रोमा खानेकुरा बनाएको भेटिएपछि ललितपुरस्थित रोयल एलिनाज